News Category 2075/04/14
राविनपाले नागरिकता सिफारिसमा कुनै शुल्क नलिने, सुर्तीजन्य तथा उद्योग व्यवसायमा करको साविक दरमा ५० प्रतिशतले बृद्वि
दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
राजविराज नगरपालिकाले चालू आ.ब. देखि नागरिकता सिफारिसमा लाग्ने दस्तुर पुरै मिनाहा गरेको जनाएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले आइतबार पत्रकार सम्मेलन गरि चालु आ.ब. बाट नागरिकता सिफारिसमा लाग्ने दस्तुर नलाग्ने जानकारी दिएका हुन् ।
यस्तै आयोजित पत्रकार सम्मेलनमा घर निर्माणका क्रममा निस्केको सामग्रीहरु सार्वजनिक स्थल बाटोघाटोमा राखेमा २४ घण्टाभित्र व्यवस्थापन गर्न सम्बन्धित व्यक्तिलाई सूचना दिने र नउठाएमा नगरपालिकाले उठाउने र त्यस वापत ५ सय रुपैयाँ जरिवाना स्वरुप दस्तुर लिने निर्णय गरेको बताए ।
यसैगरी नगरपालिकाले सडक अतिक्रमण गरी कठघरा राखेमा १ हजार ५ सय, ठेला राखेमा एक हजार र अन्य सामग्री राखेमा ५ सय रुपैयाँ जरिवाना लिने निर्णय पनि गरेको उनले बताए ।
यस्तै टाँगा, रिक्सा, अटोरिक्सा तथा इरिक्सा बाहेक अन्य सवारी साधनमा पूर्ण रुपले कर छुट गरेको जनाएको छ । यता मदिरा व्यवसाय, समिल, इँटा उद्योग व्यवसाय, सुर्तीजन्य उद्योग व्यवसाय तथा चुरोट व्यवसाय करको साविक दरमा ५० प्रतिशतले बृद्वि गरिएको जानकारी दिइएको छ ।
यस्तै बिटौरी दस्तुरको साविक दरमा ५० प्रतिशतले बृद्वि गरेको राजविराज नगरपालिकाले बहाल कर १० प्रतिशत कायम गरेको छ । अन्य व्यवसाय करको साविकको दरमा २५ प्रतिशतले बृद्वि गरिएको छ । कबाडी व्यवसाय गर्नेहरुसँग वार्षिक २५ सय कर कायम गरिएको छ ।
यसैगरि नगरपालिकाले छाडा, गाईवस्तु नियन्त्रणका लागि पनि जरिवाना निर्धारण गरेको छ । छाडा, गाईवस्तुलाई समातेर कान्जी हाउसमा ल्याएको पहिलो दिन नगरपालिकाले सम्बन्धित धनीसँग २ सय रुपैयाँ जरिवाना लिनेछ ।
दोस्रो दिन समातेमा २ सय ५०, तेस्रो दिन ३ सय, चौथो दिन ३ सय ५०, पाँचौ दिन ४ सय, छैठौं दिन ४ सय ५०, सातौ दिन ५ सय रुपैयाँ लिने र त्यसपछि लिलामी प्रकृयामा लग्ने नगरपालिकाले जनाएको छ । लिलाम प्रकृयामा जानुअघि धनी आएमा १ हजार रुपैयाँ जरिवाना लिने निर्णय समेत भएको जनाइएको छ ।
यसैबीच गत आ.ब. मा २ करोड ८१ लाख ८४ हजार ७ सय ४५ रुपैयाँ फ्रिज भएको सोही पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
राजविराज नगरपालिकाले चालू आर्थिक वर्षको बजेट ७४ करोड ९ हजार, ४२ रुपैयाँ छुट्टयाएको छ । त्यसमध्ये चालूतर्फ ४२ करोड २ लाख ५० हजार र पूँजीगततर्फ ३१ करोड ९७ लाख ५९ हजार ४ सय ४२ रुपैयाँ खर्च गर्न नगरसभाबाट स्वीकृत भएको नगर प्रमुख यादवले बताए ।
आर्थिक वर्ष २०७४÷७५ को कुल बजेट ६१ करोड ७२ लाख ११ हजार मध्ये चालूतर्फ २१ करोड ४१ लाख ५५ हजार र पूँजीगततर्फ १४ करोड ८० लाख ६६ हजार ३ सय ८५ छ । सामाजिक सुरक्षातर्फ ७ करोड ४३ लाख ८८ हजार, उपदानतर्फ १ करोड ३९ लाख ९० हजार ९ सय ९६ रुपैयाँ खर्च भएको प्रमुख यादवको भनाइ छ ।
उनका अनुसार खर्च हुन नसकेको १३ करोड ८४ लाख २५ हजार ८ सय ९६ रुपैयाँ बैंक मौज्दात रहेको र चालू आर्थिक वर्षमा खर्च गर्ने गरी सारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ