News Category 2075/04/15
वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला भएको छैन् ः नेता महतो
दैनिक समाचारदाता
काठमाडौं, १४ साउन ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन् । उनले भने, ‘अहिले नै दबाई गर्ने बेला भएको छैन् ।’
उनले समर्थन फिर्ता लिनेबारे पार्टीले अहिलेसम्म कुनै योजना नबनाएको समेत स्पष्ट पार्दै अहिले पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिए । नेता महतोले भने, ‘हामी सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्छौं । सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरि अगाढि बढ्छौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समय आएपछि योजना बन्ला । तर अहिले हाम्रो कुनै योजना छैन ।’
यस्तै महतोले आफ्नो पार्टी अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको समेत स्पष्ट पारे । सरकारले संविधान संशोधन गर्छ भन्नेमा आफूहरु पूर्ण रुपमा आशावादी भएकोले यदि संशोधन नगरे त्यसपछि आफूहरुले दबाई गर्न जानेको उनले बताए ।
वर्तमान सरकारले काम नगरेकोमा आफूहरुको असन्तुष्ट रहेको उनको भनाई छ । उनले भने, ‘सरकारसँग दुई तिहाई छ । हामी हाम्रो माग र सवालहरु पूरा गराउनको लागि दबाब दिईरहन्छौं । भर्खरैमात्रै पनि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिमाईण्डर गराएका छौं । मुलुकको समस्या समाधान गर्नुहोस । दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवालहरु संविधान संशोधनमार्फत हल गर्नुहोस भनेर दबाब दिएका छौं । अहिलेसम्म संविधानको पालना भएको छैन । जनताले नागरिकता पाएका छैनन् । जन्मसिद्ध नागरिकले पनि नागरिकता पाएका छैनन् ।’ मधेश आन्दोलन ताका नेता तथा कार्यकर्तालाई लगाईएको झुठा मुद्दा फिर्ता, बन्दी रिहाई गर्नपनि आफूहरुले दबाब दिएको उनले सुनाए ।
उनले भने, ‘१५÷२० हजार मान्छे मार्नेहरु प्रधानमन्त्री भैसके । उनीहरुलाई रेड कार्पेट ओछ्याईसके । यही हो लोकतन्त्र ? रेशम चौधरीलाई अहिलेसम्म सांसदको प्रमाणपत्र बुझ्ने वातावरण बनाईएन ? सरकारलाई दिएको रिमाईण्डरपनि कुनै सुनुवाई नभए आफूहरु कडाईका साथ अल्टिमेट दिएर अघि बढ्ने उनको चेतावनी थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ