News Category 2075/04/16
दाई, भाउजु र भतिजिको हत्यामा संलग्न भाईबुहारीसहित पाँच पक्राउ, भाउजुको शौचालय र दाई, भतिजिको शव नदीमा फ्यालियो
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
करिब डेढ महिना अघि राजविराज नगरपालिका १५ मुसहर्नियामा ४ वर्षिया अवोध बालिकासहित वंशनै सखाप पार्ने गरि भएको हत्यामा आफन्तकै संलग्नता रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार सो घटना बारे थप जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा ३५ वर्षिय सुरज साह, उनकी ३० वर्षिया पत्नी बेचनीदेवी र ४ वर्षिया छोरी प्रतिभाको हत्यामा परिवारकै सदस्यको संलग्नता रहेको जानकारी दिएको हो ।
प्रहरीले हत्या घटनाका मुख्य योजनाकार सुरजका सहोदर भाई पंचदेव साहसहित उनको पत्नि प्रमिलादेवी तथा हत्या गरेर शव वेपत्ता बनाउन सघाएका सोही वडाका धर्मेन्द्र साह, जिवछ साह र सत्यनारायण साहलाई सार्वजनिक गरेको छ । यता हत्या घटनामा संलग्न रहेको थप पाँच जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरी उपरिक्षक मुकेश सिंहले घरायसी विवाद र अंश जोगाउन सुरज, उनको पत्नि बेचनी र छोरी प्रतिभाको हत्या गरेको जानकारी दिए ।
जेठ २९ गते हत्या गरि बेचनीको शव घरपछाडीको शौचालयको सेफ्टी ट्याङ्कि भित्र लु्काई राखेका थिए । शव गन्हाउन थालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ३१ जेठमा बेचनीको शव सेफ्टी ट्याङ्कि भित्रबाट निकालेको थियो ।
पक्राउ परेकाहरुको बयानको आधारमा जेठ २९ मै सुरज र उनको छोरी प्रतिभाको पनि हत्या गरिएको थियो । ती दुई जनाको शव भने घरदेखी करिब २ किलोमिटर टाढाँ कोशी पश्चिम नहरको खाँडो नदीमा पु¥याएर फ्यालिएको थियो ।
अभियुक्तहरुले दिएको बयानको आधारमा दुई दिनदेखी प्रहरीले खाँडो नदीमा शवको खोजी कार्य जारि राखेको छ यद्दपी वर्षा र अत्याधिक पानी रहेका कारण शव खोजी कार्य प्रभावित बनेको प्रहरी उपरिक्षक सिंहले बताए ।
यसअघि मृतक बेचनीका पिता छिन्नमस्ता गाउँपालिका ६ रामकुमार साहले जिल्ला प्रहरी कार्यालयमा निजका परिवारजनले नै छोरी, ज्वाई तथा नातिनिको हत्या गरेको आरोप लगाउँदै किटानी जाहेरी दर्ता गराएका थिए । सोही किटानी जाहेरीको आधारमा पक्राउ गरि अनुसन्धान थालेपछि निजहरुकै संलग्नतामा परिवारसहित सुरज साहको हत्या गरिएको रहस्य खुलेको प्रहरी उपरिक्षक सिंहले बताए ।
पक्राउ परेकाहरु उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको एसपी सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ