News Category 2075/04/16
सरकार बिरुद्ध प्रदर्शन गर्दै काँग्रेसद्वारा सप्तरीलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माँग
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
नेपाली काँग्रेसले मुलुकभर मंगलबार सरकार बिरुद्ध प्रदर्शन गरेको छ । यसै क्रममा काँग्रेस सप्तरीले राजविराजमा सरकार बिरुद्ध प्रर्दशन र विरोध सभा सम्पन्न गरेको छ ।
मूल्यबृद्धि, कानुन विपरीत निषेधित क्षेत्र घोषणा, धरपकड र शान्तिपूर्ण प्रर्दशनमा दमन लगायतका सरकारी कदम बिरुद्ध प्रदर्शन र विरोध सभा गरिएको हो ।
प्रदर्शन र सभा मार्फत सप्तरीलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरि कृषकलाई आवश्यक राहत क्षतिपूर्ती प्रदान गर्न समेत माँग गरिएको छ ।
जिल्ला कार्य समिति सभापति दिनेश कुमार यादव र आन्दोलन जनपरिचालन समितिका संयोजक ध्रुब देवको नेतृत्वमा राजविराजस्थित जिल्ला पार्टी कार्यालयबाट जिल्ला कार्यसमितिका पदाधिकारी, भातृसंगठन, सबै १८ वटै स्थानिय तहका पार्टी समिति र जिल्लास्थित शुभेच्छुक संस्थाका प्रतिनिधिसहित निस्केको जुलुस सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार परिक्रमा गरेको थियो ।
बजार परिक्रमापछि गजेन्द्र चौकमा आयोजित बिरोध सभामा जिल्ला सभापति दिनेश कुमार यादव, प्रदेश सभा सदस्यद्वय मो. समिम, गिता यादवका साथ साथै ६ वटै क्षेत्रका सभापति लगायतले वर्तमान सरकार शिक्षा, स्वास्थ्य जस्ता विषयमा संवेदनहिन बन्दै गएको तथा अत्याधिक कर तथा उपभोग्य बस्तुहरुको मूल्य बृद्धि गरेर तानाशाही तबरले अघि बढेको बन्दै एकजुट भई त्यसको सशक्त प्रतिवाद गर्ने बताएका थिए ।
उनीहरुले वर्षाको अभावमा कृषकहरु मारमा परेको भन्दै जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरि कृषकहरुलाई राहत र क्षतिपूर्तीको व्यवस्था अविलम्ब गर्न सरकारसँग माँग पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ