News Category 2075/04/17
वैध–प्रकाश मानवअधिकार पुरस्कारबाट सदा सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
वैध–प्रकाश मानवअधिकार पुरस्कार २०७५ यस वर्ष मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपुर्ण योगदान पु¥याएका असर्फी सदालाइ प्रदान गरिएको छ ।
वैध–प्रकाश मानवअधिकार कोष समितिले हरेक वर्ष प्रदान गर्ने आएको सो पुरस्कारबाट २६ औं प्रकाश स्मृति दिवसको अवसरमा वुधवार पत्रकार महासंघमा कार्यक्रमको आयोजना गरी सदालाई सम्मानित गरेको हो । सम्मान स्वरुप सदाले कदर पत्रका साथै ३ हजार १ सय रुपैयाँ प्राप्त गरेका छन ।
समितिका अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झाको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथी इन्सेकका पुर्वाञ्चल क्षेत्रीय सयोंजक सोमराज थापाले सदालाइ नगद, कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरे ।
दुई दशकदेखि दलित, भुमिहिन, सुकुम्वासीको हक अधिकार प्राप्ती र संरक्षणको आन्दोलनमा सकृय भुमिका निर्वाह गर्दै २०५५÷०५६ यताको सिनो वहिष्कार आन्दोलनमा समेत प्रसंसनिय भुमिका निर्वाह गरेकाले सदालाइ सम्मान गरिएको समितिका अध्यक्ष झाले वताए ।
पुरस्कृत ४४ वर्षिय सदा सप्तरीको कृष्णा सवरण गाउपालिका –३ का वासिन्दा हुन । दक्षिण एसिया मुसहर उत्थान परिषदका सदस्य समेत रहेका सदा २०६३ सालमा अन्तरिम व्यवस्थापिकाका सदस्य रही महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१ औं वैध–प्रकाश मानवअधिकार पुरस्कारवाट २०७१ सालमा सम्मानित भएका राजविराज ७ निवासी प्रेस स्वतन्त्रता सेनानी झाले प्राप्त गरेको ५० हजारवाट कोषको स्थापना गरी २०७३ सालदेखि यो सम्मान प्रदान गर्न थालेको हो ।
हालसम्म यो सम्मानवाट २०७३ सालमा दलित आन्दोलनका अगुवा वलदेव राम र २०७४ सालमा युक्ती लाल मरिकलाइ सो सम्मान प्रदान गरि सकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ