News Category 2075/04/17
सामान्य वर्षामै भलुवाही खोलमा आएको बाढीले घर ढल्यो
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
भलुवाही खोलामा वढेको वाढीले कटान गर्दा राजविराज नगरपालिका २ निवासी रुवी खातुनको पक्की घर ढलेको छ । खोलामा वढेको पानीले निकास नपाउँदा वुधवार विहान भएको सामान्य वर्षामै सो घर ढलेको हो ।
बाढीका कारण भएको कटानले खातुनको ३ कोठे भवन मध्ये २ कोठा ढलेपछि पुरै परिवारको वियोग भएको छ । छोरा छोरी सुत्ने कोठा, बाथरुम, शौचालयका साथै खानेपानीका लागी जडान गरिएको टयुवेल समेत कटानमा परी ढले पछि पुरै परिवारमा चिन्ता बढेको छ ।
यता प्रहरीले खोलामा एक्कासी वढेको पानीले समयमै निकास नपाँउदा कटान भई सो घर ढलेको जनाएको छ ।
घर ढलेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मुकेश सिंह, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव वस्तीमा पुगी निरिक्षण गरेका छन । उनीहरुले तत्कालै खोला नियन्त्रणका लागी आवश्यक पहल सुरु गर्ने आश्वासन दिए ।
खोला वरिपरि ३४ परिवार वसोवास गर्दै आएका छन । खोलामा तटवन्ध निमार्ण कार्य लामो समयदेखि सुरु गरिए पनि सुस्त गतिमा काम भइरहेकाले सामान्य वर्षामा पनि आफुहरु जोखिममा पर्ने गरेको स्थानियको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ