News Category 2075/04/19
हज यात्रीमा सप्तरीबाट उल्लेख्य संख्यामा महिला
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
राजविराज ३ मोहम्मदपुरस्थित स्थानियवासीले सप्तरीबाट हज यात्रामा जाने १ सय ५० जना मुश्लिम श्रद्धालुलाई बिदाई तथा सम्मान गरेका छन् ।
दारुल उलुम मदरसाले शुक्रबार आयोजना गरेको बिदाई तथा सम्मान कार्यक्रममा स्थायिनले उनीहरुलाई बिदाई गर्दै सुख, समृद्धि, शान्ति र आपसी भाईचाराका लागि कामना गर्न आग्रह गरे ।
हजयात्रीलाई फुलमाला लगाएर आफन्त, स्थानियवासी र विभिन्न मुश्लिम संघ संस्थाहरुले बिदाई गरेका थिए । मक्का मदिना दर्शनपछि अन्जानमा भएका पापबाट मुक्ति पाउनुका साथै सुख, शान्ति र समृद्धि प्राप्त हुने भएकाले यस वर्ष हज गर्न मक्का जान लागेको ६८ वर्षिय मो. इद्रिस मियाँले बताए ।
मुश्लिम तिर्थालुको पवित्र स्थल मक्का मदिनामा हजका लागि यस पटक ठूलो संखयमा महिलाहरु पनि जान लागेको स्थानिय मो. कलामले बताए । सप्तरी जिल्लाबाट ६५ महिलासहित १ सय ५० जना यस वर्ष हज यात्रामा जान लागेका छन् ।
उनीहरु दुईवटा रात्री बस तथा सातवटा साना गाडी रिजर्भ गरि सदरमुकाम राजविराजबाट काठमाडौंतर्फ हिडेका हुन् । हज जानेहरुका लागि मंगलबार काठमाडौंबाट उड्ने टिकट मिलाइएको मदरसाका प्रमुख मो. जमिरले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ