News Category 2075/04/19
जनज्योतिद्वारा एम्बुलेन्स सेवा
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
राजविराज ९ मलेठस्थित जनज्योति कृषि सहकारी संस्थाले शुक्रबारदेखी एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
विगत सात वर्षदेखी मुख्य रुपमा कृषि क्षेत्रलाई आधार मानेर संचालन भइरहेको सहकारी संस्थाले आ.ब. २०७५÷७६ देखी एम्बुलेन्स सेवा संचालनमा ल्याएको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिए ।
शुक्रबार संस्थाको कार्यालयमा आयोजित कार्यक्रमबीच वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादवले एम्बुलेन्सको रिबन काटेर उद्घाटन गरेका छन् । संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतमा आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री कृषि परियोजना सप्तरी प्रमुख भागिरथ यादव, संस्थाका शेयर सदस्य एवं राजपा केन्द्रिय सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजपा जिल्ला संयोजक सुनिल झा, जिल्ला समन्वय समितिका सामाजिक अधिकृत सुभास मण्डल, संस्थाका सेयर सदस्य एवं वरिष्ठ पत्रकार अनिल कुमार अनललगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
“आजको रिक्सा चालक भोलीको मालिक” योजना ल्याएर संचालन भएको ७ वर्षको अवधीमा संस्थाले झण्डै ५ सय जना रिक्सा चालकलाई मालिक बनाइसकेको अध्यक्ष मण्डलले बताए । कृषि क्षेत्रमा लगानी गर्दै आइरहेको यस संस्थाले खेतीको समयमा किसानहरुका लागि मल, खाद, बिऊ सरकारी दररेटमै बिक्रि गर्दै आइरहेको उनले जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ