News Category 2075/04/19
जनज्योतिद्वारा एम्बुलेन्स सेवा
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
राजविराज ९ मलेठस्थित जनज्योति कृषि सहकारी संस्थाले शुक्रबारदेखी एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
विगत सात वर्षदेखी मुख्य रुपमा कृषि क्षेत्रलाई आधार मानेर संचालन भइरहेको सहकारी संस्थाले आ.ब. २०७५÷७६ देखी एम्बुलेन्स सेवा संचालनमा ल्याएको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिए ।
शुक्रबार संस्थाको कार्यालयमा आयोजित कार्यक्रमबीच वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादवले एम्बुलेन्सको रिबन काटेर उद्घाटन गरेका छन् । संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतमा आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री कृषि परियोजना सप्तरी प्रमुख भागिरथ यादव, संस्थाका शेयर सदस्य एवं राजपा केन्द्रिय सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजपा जिल्ला संयोजक सुनिल झा, जिल्ला समन्वय समितिका सामाजिक अधिकृत सुभास मण्डल, संस्थाका सेयर सदस्य एवं वरिष्ठ पत्रकार अनिल कुमार अनललगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
“आजको रिक्सा चालक भोलीको मालिक” योजना ल्याएर संचालन भएको ७ वर्षको अवधीमा संस्थाले झण्डै ५ सय जना रिक्सा चालकलाई मालिक बनाइसकेको अध्यक्ष मण्डलले बताए । कृषि क्षेत्रमा लगानी गर्दै आइरहेको यस संस्थाले खेतीको समयमा किसानहरुका लागि मल, खाद, बिऊ सरकारी दररेटमै बिक्रि गर्दै आइरहेको उनले जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ