News Category 2075/04/21
सामाजिक परिचालकहरुले दिए पाँच दिने अल्टिमेटम
दैनिक समाचरादाता
जनकपुर, १९ साउन ।
पदविहीन बनाइएको गुनासो गर्दै सामाजिक परिचालकहरुले पाँच दिने अल्टिमेटम दिँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं २ का अध्यक्ष शिवशंकर मेहताले पाँच दिनभित्र समस्याको सम्बोधन नभएमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
उनले असार महिनाको अन्त्यसँगै आफूहरू पदविहीन भएका कारण भविष्य अन्योलमा परेको बताउँदै स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा (२) का अनुसार स्थानीय तहमा सामाजिक परिचालकमा नियुक्त गरिएकोमा २०७४ साल पुस १४ गते राज्यमन्त्रीस्तरीय निर्णयबाट सामाजिक परिचालकलाई अवकाश दिइएको जानकारी दिए ।
त्यस्तै सोको विरोध भएपछि २०७४ चैत १६ गते सामान्य प्रशासन मन्त्रालयले सामाजिक परिचालकहरूलाई स्थानीय तहको वडा कार्यालयमा कार्यालय सहायकको काम गर्ने गराउने गरी २०७५ असार मसान्तपछि केन्द्रीय सरकारको कुनै दायित्व नरहने गरी नियुक्ति दिइएकामा सो म्याद सकिएपछि आफूहरू पदविहीन भएको अध्यक्ष मेहताको भनाई छ ।
संघको तथ्याङ्कअनुसार असार मसान्तपछि देशभरिका चार हजार ६६४ जना सामाजिक परिचालक पदविहीन भएका छन् । सोमध्ये प्रदेश नंं २ का ८५४ जना वडा कार्यालय सहायक सामाजिक परिचालक पदविहीन भएको जनाइएको छ ।
संघले नेपाल सरकारको सम्पूर्ण सेवासुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताका आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सिर्जना गर्दै स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने माग अघि सारेर आन्दोलन गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ