News Category 2075/04/21
सामाजिक परिचालकहरुले दिए पाँच दिने अल्टिमेटम
दैनिक समाचरादाता
जनकपुर, १९ साउन ।
पदविहीन बनाइएको गुनासो गर्दै सामाजिक परिचालकहरुले पाँच दिने अल्टिमेटम दिँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं २ का अध्यक्ष शिवशंकर मेहताले पाँच दिनभित्र समस्याको सम्बोधन नभएमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
उनले असार महिनाको अन्त्यसँगै आफूहरू पदविहीन भएका कारण भविष्य अन्योलमा परेको बताउँदै स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा (२) का अनुसार स्थानीय तहमा सामाजिक परिचालकमा नियुक्त गरिएकोमा २०७४ साल पुस १४ गते राज्यमन्त्रीस्तरीय निर्णयबाट सामाजिक परिचालकलाई अवकाश दिइएको जानकारी दिए ।
त्यस्तै सोको विरोध भएपछि २०७४ चैत १६ गते सामान्य प्रशासन मन्त्रालयले सामाजिक परिचालकहरूलाई स्थानीय तहको वडा कार्यालयमा कार्यालय सहायकको काम गर्ने गराउने गरी २०७५ असार मसान्तपछि केन्द्रीय सरकारको कुनै दायित्व नरहने गरी नियुक्ति दिइएकामा सो म्याद सकिएपछि आफूहरू पदविहीन भएको अध्यक्ष मेहताको भनाई छ ।
संघको तथ्याङ्कअनुसार असार मसान्तपछि देशभरिका चार हजार ६६४ जना सामाजिक परिचालक पदविहीन भएका छन् । सोमध्ये प्रदेश नंं २ का ८५४ जना वडा कार्यालय सहायक सामाजिक परिचालक पदविहीन भएको जनाइएको छ ।
संघले नेपाल सरकारको सम्पूर्ण सेवासुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताका आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सिर्जना गर्दै स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने माग अघि सारेर आन्दोलन गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ