News Category 2075/04/22
प्रदेश २ सरकारद्वारा गठित उच्चस्तरिय समितिद्वारा मलेठ घटनाको छानविन सुरु
दैनिक समाचारदता
राजविराज, २१ साउन ।
२०७३ साल फागुन २३ गते तत्कालिन नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत सप्तरीको मलेठमा पाँच जनाको ज्यान जाने गरि भएको घटनाको सत्यतथ्य बुझ्न प्रदेश २ सरकारले गठन गरेको उच्चस्तरिय समितिले सोमबारदेखी छानबिन सुरु गरेको छ ।
मलेठ घटनाबारे झण्डै १६ महिना लगाएर राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन एक पक्षिय र असत्य भएको भन्दै सप्तरीसहित प्रदेश २ का जिल्लाहरुमा विरोध प्रदर्शन हुन थालेपछि प्रदेश सरकारले छुट्टै समिति गठन गरेको हो ।
प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा सामाजिक विकास मन्त्री नवल किशोर साह तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह सदस्य रहने गरी छानविन समिति गठन गरेको हो । सो समितिको सदस्य सविचमा मुख्य न्यायधिवक्ता कार्यालयका उप न्यायधिवक्ता कृष्ण प्रसाद बराल सदस्य सचिव छन ।
छानविनका क्रममा सप्तरी सदरमुकाम राजविराज आई पुगेका टोलीका संयोजक एवं कानुन मन्त्री यादवले नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकारहरु सँग घटना बारे जानकारी लिने लिएका छन् । जानकारी लिने क्रममा उनले आयोगले एकतर्फी प्रतिवेदन तयार गरेकाले सत्यतथ्य छानविनका लागी प्रदेश सरकारले छुट्टै समिति गठन गरेकोले सोही अनुसार सत्यतथ्य जानकारी गराएर सहयोग गर्न आग्रह समेत गरे ।
टोलीका सदस्य भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले मलेठ घटनाको स्थलगत अध्ययन तथा छानविनका क्रममा पीडित, प्रत्यक्षदर्शी, संचारकर्मी, अधिकारकर्मी तथा सुुरक्षा निकायका पदाधिकारी सँग पनि बयान र आवश्यक जानकारी लिईने बताए ।
छानविन समितिका अर्का सदस्य सामाजिक विकास मन्त्री नवल किशोर साहले राष्ट्रिय मानव अधिकार आयोगले पीडित र प्रत्यक्षदर्शीले दिएको बयान विपरित कुनै खास पार्टी र व्यक्तिलाई खुशी पार्न तयार गरेको प्रतिवेदनलाई जनताले स्वीकार गर्न नसकेकाले प्रदेश सरकारले आफै छानविन समिति गठन गरेको र चाडै सत्यतथ्य जन समक्ष सार्बजनिक हुने जानकारी दिए ।
समितिले घटनाको स्थलगत छानविन गरी १५ दिन भित्र मन्त्री परिषदको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको संयोजक यादवले बताए ।
मलेठ घटना एक पक्षले जसरी पनि सभा गर्ने र अर्को पक्षले गर्न नदिने सम्पूर्ण शक्ति परिचालन गर्ने हटका कारण झडपको बातावरण भएपछि सुरक्षाका लागि खटिएका प्रहरीले अन्धाधुन्द गोली चलाउँदा ५ जनाको ज्यान गएको थियो ।
टोली मंगलबार विहान घटनास्थलमा पुगी पीडित परिवार, स्थानियबासी, अधिकारर्मी लगायतसँग भेट्ने कार्यक्रम तय रहेको संयोजक यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ