News Category 2075/04/23
निर्देशन दिने सुरक्षा निकायका अधिकारीलाई हदै सम्मको कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
मलेठका घटनामा घाइते भएका तथा सहिद परिवारका सदस्यहरुले नरसंहार मच्याउन निर्देशन दिने सुरक्षा निकायका अधिकारीलाई हदै सम्मको कारवाही गर्न माँग गरेका छन् ।
प्रदेश २ सरकारद्वारा गठित उच्चस्तरिय छानविन समितिले मंगलबार घटना भएको स्थानको स्थलगत अवलोकनका क्रममा घाइते भएका तथा सहिद परिवारका सदस्यहरुले सो माँग गरेका हुन् ।
२०७३ फागुन २३ गते तत्कालिन नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको ज्यान जानुका साथै एक दर्जन वढी गम्भिर घाइते भएका थिए ।
प्रदेश सरकारका आन्तरिक मामिला एंव कानुन मन्त्री ज्ञानेन्द्र यादव संयोजक तथा समाजिक विकास मन्त्री नवलकिशोर साह र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह सदस्य रहेको छानविन टोली मंगलवार घटनास्थलको अवलोकन तथा शहिद परिवार, घाइते एंव स्थानियवासीको घरघरमै पुगेर घटनाबारे आवश्यक जानकारी लिएको थियो ।
यसअघि मलेठ घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानविन र त्यसपछि सार्वजनिक गरिएको प्रतिवेदन एक पक्षिय भएको भन्दै निश्पक्ष छानविनका लागी प्रदेश सरकारले आफुहरुलाइ जिम्मेवारी दिएको वताउँदै समितिका संयोजक रहेका मन्त्री यादवले पीडितले न्याय पाउने र दोषिमाथी कारवाही हुनेमा विश्वस्त रहन आग्रह गरे ।
शहिद परिवारले दोषिलाइ कडा कारवाही गर्नु पर्ने पटक पटक गरेको आग्रहको जवाफमा संयोजक यादवले उनीहरुलाई आश्वस्त पार्दै समितिले घटनाको निश्पक्ष छानविन गर्ने आश्वासन दिए । उनले दोषिलाइ कानुनी कटघरामा उभ्याउने काम पनि गर्ने बताए । उनले दोषि माथी कारवाही सगै शहिद परिवार र घाइते परिवारलाई प्रदेशमा उपलवध स्वास्थ्य, शिक्षा लगायतका अन्य सुविधा पनि उपलव्ध गराइने वाचा गरे ।
यसअघि सो समितिले सुरक्षा निकायका प्र्रमुख, वुद्घिजीवी, अधिकारकर्मी र सञ्चारकर्मीहरुसंग घटनाबारे आवश्यक जानकारी लिएको र छानविन टोलीले मंगलवार घटनास्थलको अवलोकन, शहिदपरिवार, घाइते र पीडितसँग भेटनुका साथै जिल्ला समन्वय समितिको सभाकक्षमा विभिन्न राजनीतिक दलका प्रतिनिधिसंग छलफल समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ