News Category 2075/04/23
तीन स्थानमा अपाङ्ग मैत्री सार्वजनिक शौचालय निर्माण
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
बाढी प्रभावित सप्तरीको तीन स्थानमा अपाङ्ग मैत्री सार्वजनिक शौचालयहरुको निर्माण गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाँ वोर्डर, महाविर माध्यमिक विद्यालय हनुमाननगर र कंकालिनी मंदिर परिसर भारदहमा अपाङ्ग मैत्री सार्वजनिक शौचालयहरुको निर्माण गरिएको हो ।
अक्सफाम र कोशी पीडित समाजको साझेदारीमा संचालित बाढी पुर्नलाभ परियोजना अन्तरगत तीनै स्थानमा चर्पी निर्माण गरिएको कार्यक्रम संयोजक ज्योतिष कुमार यादवले जानकारी दिएका छन् ।
यसैबीच अपाङ्ग मैत्री सार्वजनिक शौचालय भवनहरुको उदघाटन प्रदेश नं. २ सामाजिक विकाश मन्त्रि नवल किशोर साहले उद्घाटन गरेका छन् ।
नवनिर्मित शौचालयको उद्घाटन गर्दै मन्त्री साहले विपद् आएको बेला शौच गर्न समुदायका व्यक्तिको स्वास्थ्य अवस्थालाई धयानमा राखि निर्माण गरिएकोप्रति आयोजकलाई धन्यवाद दिए । उनले भने, “ग्रामिण भेगका जनताहरुलाई ध्यानमा राखि यसरी विकास भइरहे भने पाँच वर्षभित्र विकास गर्ने स्थान नै रहने छैन् ।”
प्रत्येक स्थानको शौचालय १०÷१० लाखको लागतमा निर्माण गरिएको शौचालयमा ५÷५ हजार समुदायको लगानी समेत रहेको कार्यक्रम संयोजक यादवले जानकारी दिए ।
विपद्को समयमा आपतकालिन प्रयोग गर्ने र समान्य समयमा सार्वजनिक रुपमा प्रयोगमा आउने उक्त शौचालय भवनमा २ वटा चर्पि मध्ये एक वटा अपाङ्ग मैत्री र एक वटा साधारण मानिसले प्रयोग गर्ने खालको रहेको उनले बताउँदै चर्पिमा नुहाउने व्यवस्था समेत रहेको जानकारी दिए ।
चर्पिको उद्घाटन पश्चात् सम्बन्धीत वडालाई हस्तान्तरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ