News Category 2075/04/23
तीन स्थानमा अपाङ्ग मैत्री सार्वजनिक शौचालय निर्माण
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
बाढी प्रभावित सप्तरीको तीन स्थानमा अपाङ्ग मैत्री सार्वजनिक शौचालयहरुको निर्माण गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाँ वोर्डर, महाविर माध्यमिक विद्यालय हनुमाननगर र कंकालिनी मंदिर परिसर भारदहमा अपाङ्ग मैत्री सार्वजनिक शौचालयहरुको निर्माण गरिएको हो ।
अक्सफाम र कोशी पीडित समाजको साझेदारीमा संचालित बाढी पुर्नलाभ परियोजना अन्तरगत तीनै स्थानमा चर्पी निर्माण गरिएको कार्यक्रम संयोजक ज्योतिष कुमार यादवले जानकारी दिएका छन् ।
यसैबीच अपाङ्ग मैत्री सार्वजनिक शौचालय भवनहरुको उदघाटन प्रदेश नं. २ सामाजिक विकाश मन्त्रि नवल किशोर साहले उद्घाटन गरेका छन् ।
नवनिर्मित शौचालयको उद्घाटन गर्दै मन्त्री साहले विपद् आएको बेला शौच गर्न समुदायका व्यक्तिको स्वास्थ्य अवस्थालाई धयानमा राखि निर्माण गरिएकोप्रति आयोजकलाई धन्यवाद दिए । उनले भने, “ग्रामिण भेगका जनताहरुलाई ध्यानमा राखि यसरी विकास भइरहे भने पाँच वर्षभित्र विकास गर्ने स्थान नै रहने छैन् ।”
प्रत्येक स्थानको शौचालय १०÷१० लाखको लागतमा निर्माण गरिएको शौचालयमा ५÷५ हजार समुदायको लगानी समेत रहेको कार्यक्रम संयोजक यादवले जानकारी दिए ।
विपद्को समयमा आपतकालिन प्रयोग गर्ने र समान्य समयमा सार्वजनिक रुपमा प्रयोगमा आउने उक्त शौचालय भवनमा २ वटा चर्पि मध्ये एक वटा अपाङ्ग मैत्री र एक वटा साधारण मानिसले प्रयोग गर्ने खालको रहेको उनले बताउँदै चर्पिमा नुहाउने व्यवस्था समेत रहेको जानकारी दिए ।
चर्पिको उद्घाटन पश्चात् सम्बन्धीत वडालाई हस्तान्तरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ