News Category 2075/04/23
डाक्नेश्वरी नपाको बजेट दुरुपयोग भएको भन्दै ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
डाक्नेश्वरी युवा प्रतिष्ठानले सप्तरीको डाक्नेश्वरी नगरपालिकाको आ.ब. २०७४÷७५ को बजेट बजेट दुरुपयोग भएको भन्दै मंगलबार जिल्ला समन्वय समिति सप्तरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखापरिक्षणको कार्यालय काठमाडौंमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रतिष्ठानका अध्यक्ष अमरेन्द्र यादवद्वारा हस्ताक्षरित पत्रमा युवाहरुको बजेट विनियोजन प्रतिको असन्तुष्टिहरुलाई बारम्बार लिखित, मौखिक र सांकेतिक हिसाबले सच्याउन माँग गर्दा गर्दै पनि विकासको योजना अन्तरगत अधिकांश बजेटलाई माटो ग्राभेल जस्ता कार्यमा मात्र बिनियोजन गरि सीमित राखेको जनाइएको छ ।
सोही पत्रमा शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता आधारभुत अधिकारहरुलाई वेवास्ता गरि मौलिक हक अधिकारहरुको हनन् समेत गरेको र विकासीय बजेटलाई भौतिक विलासिताका सामाग्रिमा मात्र खर्च गरेको पाइएको जनाइएको छ ।
त्यस्तै नगरपालिकासँग आ.ब. २०७४÷७५ को विवरण सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि माँग गर्दा समेत उपलब्ध नगराइएको उल्लेख गर्द पत्रमा अधिकांश उपभोक्ता समितिमा जनप्रतिनिधिहरुको आसेपासे, एकै घर परिवारका सदस्य, एकै समुदायका सदस्यलाई राखि मनोमानी ढंगले उपभोक्ता समिति गठन गरिएको आरोप लगाइएको छ । साथै सोही पत्रमा आर्थिक बजेट दुरुपयोग गरेको बिरोधमा सशक्त प्रतिशोध गर्ने जनाउँदै कानुन सम्वत बिरोधका कार्यक्रम गर्न बाध्य हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ