News Category 2075/04/24
महासंघद्वारा स्व. खतिवडाप्रति श्रद्धाञ्जली
दैनिक समाचारदता
राजविराज, २३ साउन ।
नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक रामप्रसाद खतिवडाको १५ औं दिनको पुण्यतिथिमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाले बुधबार श्रद्धाञ्जली सभा गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा वक्ताहरुले स्व. खतिवडाले सप्तरीको पत्रकारितामा पु¥याएको योगदानलाई उच्च कदर गर्दै उनको सम्झनामा हरेक वर्ष स्मृति दिवस मनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, महासंघका पूर्वअध्यक्ष धिरेन्द्र प्रसाद साह, प्रदेश सचिव रामनारायण विश्वास, महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, गणेशलाल देव लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
विराटनगरबाट राजविराज आउँदै गरेका पत्रकार खतिवडा सवार को १ ज २१४९ नम्बरको माइक्रोबस र विपरीत दिशामा जाँदै गरेको ना.५ख ६१० नम्बरको बस आपसमा ठोक्किएर राजबिराज नगरपालिका १५ स्थित देउरी भरुवामा साउन ९ गते दुर्घटना हुँदा ७२ वर्षीय खतिवडाको मृत्यु भएको थियो ।
चार दशक अघि मातृभूमि साप्ताहिकमा आवद्ध भएर पञ्चायत कालदेखिनै पत्रकारिता गर्दै आएका अग्रज पत्रकार खतिवडा नेपाल पत्रकार महासंघ सप्तरी एवं प्रेस चौतारी सप्तरीका संस्थापक हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ