News Category 2075/04/25
तिलाठी कोइलाडी गापा प्रदेश २ को पहिलो शत प्रतिशत बिद्यालय भर्ना घोषणा
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई बिहीबार एक कार्यक्रमबीच प्रदेश नं. २ को पहिलो शत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको छ ।
स्पोन्सरशिप कार्यक्रम अन्र्तगत सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चौक (जिरीया हटिया) मा आयोजिना शत प्रतिशत पुर्ण बिद्यालय घोषणा समारोह कार्यक्रममा सो घोषणा गरिएको हो ।
आयोजित समाहरोमा प्रमुख अतिथि प्रदेश नं. २ का समाजिक बिकास मंन्त्री नवलकिसोर साहले दिपप्रज्जोलन गरी कार्यक्रमको उद्घाटन गर्दै ५ देखि १२ बर्ष उमेर समुहको बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा भर्ना गरि बिद्यालय भर्ना घोषणा गरिएको छ ।
उद्घाटन समाहरोलाई सम्बोधन गर्दै मन्त्री साहले बिद्यार्थीको नाममा दिने खाजा भात्ता अभिभावकले खर्च गर्ने भएकोले मधेसको जिल्ला अन्र्तगत प्रदेश २ मा विद्यार्थीको आमाको नाममा खाता खोली भत्ता दिनुपर्नेमा उनले जोड दिए ।
नेपाल भ्रष्टाचारको चरम सिमानामा रहेकोले बिद्यालयमा दिने खाजा भातामा पनि भ्रष्टाचारी हुना थालेको बताउदै आमाको नाममा खाता खोलेर खाजा भात्ता जम्मा गरेमा पढ्ने बिद्यार्थीलाई आमामार्फत सहयोग हने उनले बताए ।
साथै उहाँले मधेसी जनाताको अधिकारको लागि अहिले पनि संघर्ष जारी रहेको र बराबरीको अधिकार नदिएसम्म तराई मधेसमा आन्दोलान जारी रहने मन्त्री साहको भनाई थियो ।
सोही समारोहमा तिलाठी कोइलाडी गाउँपालिकास्थित कोइलाडी चौकमा बनाइएको (मधेसको मसिहा) गजेन्द्र नारायण सिँहको शालिक निर्माणका लागि रु. दश लाख दिने उनले घोषणा समेत गरे ।
आयोजित कार्यक्रममा शिक्षा बिकास समन्वय इकाईका अध्यक्ष शंकराज लुईटेलले तिलाठी कोइलाडी गउँपालिकाका वडा नं. १ देखि ८ वडा सम्मका ५ वर्ष देखि १२ बर्ष उमेर समुहका बिद्यालय बाहिर रहेका ५ हजार ९ सय ५१ जना बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गरि शत प्रतिशत पुर्ण बिद्यालय भर्ना गरिएको जानकारी दिए । जस मध्ये बिद्यालयमा भर्ना भएका निजी तर्फ २ हजार २ सय ७३ जना छात्राछात्रा र ३ हजा ६ सय ७८ जना सामुदायिक बिद्यालयका बिद्यालय बाहिर रहेका छात्रछात्रालाई बिद्यालयमा भर्ना गरिएको उनले बताए ।
तिलाठी कोइलाडी गाउँपालिका अन्र्तगत रहेका १७ वटा बिद्यालयमा बिद्यालय बाहिर रहेका ५ देखि १२ बर्ष उमेर समुहका बालबालिकालाई भर्ना गरि प्रदेश नं. २ कै पहिलो शत प्रतिशत बिद्यालय भर्ना घोषणा भएको सेभ द सप्तरीका फिल्ड अफिसर घुरण यादवले जनाए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा बिकास समन्वय इकाई श्रोत ब्यक्ति योगेन्द्र प्रसाद यादव, वडा बाल संजालका अध्यक्ष निशा कुमारी साह, लक्ष्मी बल्लभ माबि कट्ीका प्रअ सुर्यनारायण साह,शिक्षक उग्रकान्त झा, नेपाल पत्रकार मांहासंघ उपाध्यक्ष श्याम सुन्दर यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरन्जन यादव र सेभ द सप्तरीका अध्यक्ष धुव्र देव लगायतकाले शुभकामना मतब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि, गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । यस अघि छिन्नमस्ता गाउँपालिकाका केही वडालाई शत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ