News Category 2075/04/25
काँग्रेसद्वारा सप्तरीलाई सुख्खा क्षेत्र घोषणाका साथै राहत र क्षतिपूर्ती माँग
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
नेपाली काँग्रेस सप्तरीले जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै अविलम्ब कृषकहरुलाई राहत र क्षतिपूर्तीको व्यवस्थापन गर्न माँग गरेको छ ।
काँग्रेस सप्तरीले बिहीबार नेपाल पत्रकार महासंघ सप्तरी शाखा राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेश कुमार यादवले सो माँग गर्दै वर्षा र सिंचाईको उचित व्यवस्थापनको अभावमा कृषकहरु मारमा परेको बताए ।
पत्रकार सम्मेलनमा सभापति यादवले जिल्लामा देखिएका विभिन्न समस्याहरु समाधान हुन नसकि विकृती र बिसंगति मौलाउँदै गएको आरोप समेत लगाए । उनले जिम्मेवार पदमा बसेकाहरुद्वारा खुलेआम अदालतको आदेशको अवज्ञा भइरहेको तथा प्रभावकारी अनुगमनको अभावमा स्थायिन तह, प्रदेश र संघीय सरकारको विकास निर्माणका योजनाहरुमा व्यापक आर्थिक अनियमितता भइरहेको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जिकिर गरे ।
त्यस्तै सभापति यादवले उच्च अदालत जनकपुर राजविराज इजलासको आदेशको अवज्ञा गर्दै राजविराज नगरपालिका कार्यालयले बलजफ्ती गरेको तोडफोड र त्यसबाट भएको हानी नोक्सानीको क्षतिपूर्ती दिनु पर्ने र जिल्लामा तीनै तहबाट भइरहेको विकास निर्माणका कार्यको सर्वपक्षिय अनुगमन समिति मार्फत प्रभावकारी अनुगमन हुनुपर्ने माँग राखेका छन् ।
पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट नगर प्रमुखका उम्मेदवार बनेका ध्रुब देवले अदालतले निषेधाज्ञा जारि गर्दा गर्दै पनि राजविराज नगरपालिकाले अदालतको आदेशलाई लत्याउँदै राजनीतिक प्रतिशोधका कारण आफ्नो घर भत्काएको आरोप लगाए । उनले घरको नक्सा पास भएको तथा नविकरण हुँदा हुँदै समेत जग्गा अतिक्रमण भएको भन्दै नगरपालिकाका उपप्रमुख साधना झाको नेतृत्वमा घर तोडफोड गरिएको प्रति आक्रोस व्यक्त गरे ।
नगरपालिकाले कुनै सूचना न त कुनै जानकारी नै नदिई घर तोडफोड गरेको आरोप लगाउँदै देवले भित्री सडक बिस्तारको नाममा आफ्नो घरलाई मात्र लक्षित गरि तोडफोड गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ