News Category 2075/04/28
बर्षाले औद्योगिक क्षेत्र डुवानमा लाखौंको कच्चापदार्थमा क्षति
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
शनिवार रातीदेखि भईरहेको वर्षाले सप्तरीको रुपनी गाउँपालिका ५ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र पूर्ण रुपमा डुवानमा परेको छ भने राजविराजका केही वडा जलमग्न भएको छ ।
आइतबार बिहानसम्म परेको वर्षाले राजविराज नगरपालिकाको वडा ४, ५, ७, ८, ९, ११ र १६ लाई जलमग्न वनाउनुका साथै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई डुवानमा पारेको हो ।
औद्योगिक क्षेत्रका प्रमुख दिपक आचार्यका अनुसार वर्षाको पानी पसेर औद्योगिक क्षेत्रभित्र संचालनमा रहेको महालक्ष्मी र कोशी पोलिमर्स प्लाष्टिक उद्योगमा करिव १५ लाखको कच्चा पदार्थ नष्ट हुनुका साथै उपकरण र मेसिनहरु समेतमा क्षती पुगेको छ ।
यस्तै, कृष्णा खाद्य उद्योगको गोदाममा वर्षाको पानी पसेर २ लाखभन्दा वढिको चामल र उपकरण नष्ट भएको उद्योगका संचालन जिवछ यादवले वताए । सोहि क्षेत्रभित्र रहेको मिलन डेरी उद्योगमा पनि वर्षाको पानी पसेर १ लाख वरावरको कच्चा सामग्री नष्ट भएको र पानीको तिव्र वेगका कारण गोदाम भवन नै ढल्ने अवस्थामा पुगेको औद्योगिक क्षेत्र ब्यवस्थापन समितिले जनाएको छ ।
आईतवार दिउँसोदेखि वर्षा रोकिएपनि सम्भावित वर्षालाई ध्यानमा राखी तत्काल उद्दार तथा राहतका लागि सुरक्षाकर्मी र विपद ब्यवस्थापन समिति उच्च सतर्कमा रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले वताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ