News Category 2075/04/30
डुबेर र करेन्ट लागेर बालकसहित चारको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीको छुट्टाछुट्टै दुर्घटनामा बालकसहित चार जनाको मृत्यु भएको छ ।
जिल्लाको बलानबिहुल गाउँपालिका २ पत्थरा टोलस्थित पोखरीमा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
स्थानिय खुसिलाल साहको पोखरीमा आफ्ना हजुरआमासँग नुहाउँने क्रममा सोही स्थानका श्रीराम साहका ४ वर्षिय छोरा रन्जित कुमार साहको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै शम्भुनाथ नगरपालिका ७ भगवतपुर बस्ने सदेब सदाको घर पछाडीको पोखरीको डिलमा डाक्नेश्वरी नगरपालिका ८ बस्ने ४० वर्षिय पल्टु सदा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको रुपनी गाउँपालिका २ बस्ने ४० वर्षिय राम उद्गार सदा पोखरीमा डुबेर मृत अवस्थामा फोला परेका छन् ।
मादक पदार्थ सेवन गरी सोमबारदेखी हराईरहेको सदा मंगलबार आफन्तहरुले खोज्ने क्रममा सार्बजनिक पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लको महादेवा गाउँपालिका २ निवासी ५० वर्षिय कपलेश्वर मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नो धान कुट्ने मिल चलाउनका लागी बिद्युतको स्विच जोड्ने क्रममा करेन्ट लागी मण्डलको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ