News Category 2075/05/01
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधानहरुलाई संशोधन गर्न माँग
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
नेपाल पत्रकार महासंघ प्रद्येश २ ले २०७५ भदौ १ गतेदेखि लागु हुन गइरहेको मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानद्वारा शुक्रबार जारि विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने खालका ती प्रावधानहरुलाई यथासम्भव चाडो संशोधन गर्न माँग गरिएको छ ।
यस्तै तस्बिर खिच्न, ध्वनि रेकर्ड गर्न र कतिपय कुरा प्रकाशन र प्रसारण नै गर्न नहुने जस्ता प्रावधानप्रति आपत्ति समेत रहेको जनाइएको छ । प्रेसलाई तर्साउने प्रावधान संहिताबाट हटाउन वा ती प्रावधान प्रेसको हकमा लागू हुँदैन भनी सच्याउन संसद्लाई आग्रह गरिएको छ ।
यस्तै विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरणको नतिजाप्रति पनि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को ध्यानाकर्षण भएको जनाइएको छ । उक्त बर्गिकरणले मोफसलका र विशेषगरी प्रदेश २ बाट प्रकाशन हुँदै आएका पत्रपत्रिकाप्रति भेदभाव गरेको प्रष्ट भएको दाबी गरिएको छ । यस्तो धाँधलीपूर्ण र पूर्वाग्रही बर्गीकरणलाई सच्याउन माग समेत गरिएको छ ।
पत्रपत्रिका वर्गीकरणका दौरान दशकौं देखि निरन्तर प्रकाशित मूलधारकै पत्रपत्रिकालाई पनि वेवास्ता गरि आचारसंहिता उल्लंघनमा ख्याति कमाएका पत्रपत्रिकाले उच्च ग्रेड पाउनुले प्रेस काउन्सिलको निष्पक्ष भूमिमाथि प्रश्न उठेको विज्ञप्तिमा जनाउँदै धाँधलीपूर्ण पत्रिपत्रिका बर्गीकरण नसच्याए त्यसका विरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेन भन्दै सम्बन्धित सबैमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ अवगत गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ