News Category 2075/05/01
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधानहरुलाई संशोधन गर्न माँग
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
नेपाल पत्रकार महासंघ प्रद्येश २ ले २०७५ भदौ १ गतेदेखि लागु हुन गइरहेको मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानद्वारा शुक्रबार जारि विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने खालका ती प्रावधानहरुलाई यथासम्भव चाडो संशोधन गर्न माँग गरिएको छ ।
यस्तै तस्बिर खिच्न, ध्वनि रेकर्ड गर्न र कतिपय कुरा प्रकाशन र प्रसारण नै गर्न नहुने जस्ता प्रावधानप्रति आपत्ति समेत रहेको जनाइएको छ । प्रेसलाई तर्साउने प्रावधान संहिताबाट हटाउन वा ती प्रावधान प्रेसको हकमा लागू हुँदैन भनी सच्याउन संसद्लाई आग्रह गरिएको छ ।
यस्तै विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरणको नतिजाप्रति पनि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को ध्यानाकर्षण भएको जनाइएको छ । उक्त बर्गिकरणले मोफसलका र विशेषगरी प्रदेश २ बाट प्रकाशन हुँदै आएका पत्रपत्रिकाप्रति भेदभाव गरेको प्रष्ट भएको दाबी गरिएको छ । यस्तो धाँधलीपूर्ण र पूर्वाग्रही बर्गीकरणलाई सच्याउन माग समेत गरिएको छ ।
पत्रपत्रिका वर्गीकरणका दौरान दशकौं देखि निरन्तर प्रकाशित मूलधारकै पत्रपत्रिकालाई पनि वेवास्ता गरि आचारसंहिता उल्लंघनमा ख्याति कमाएका पत्रपत्रिकाले उच्च ग्रेड पाउनुले प्रेस काउन्सिलको निष्पक्ष भूमिमाथि प्रश्न उठेको विज्ञप्तिमा जनाउँदै धाँधलीपूर्ण पत्रिपत्रिका बर्गीकरण नसच्याए त्यसका विरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेन भन्दै सम्बन्धित सबैमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ अवगत गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ