News Category 2075/05/04
नेकपा सप्तरीमा अध्यक्षको दौडमा नौं आकांक्षी
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
नेकपा सप्तरीको नेतृत्वका लागि नौं जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । जसकारण पार्टीलाई नेतृत्व छान्न सकस परेको छ ।
तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्र विचको एकिकरण पश्चात् निर्माण भएको नेकपा जिल्लाको नेतृत्वका लागि दुवै तर्फबाट परेको नौं जनाको दावेदारीले पार्टीलाई नेतृत्व छान्न सकस परेको हो ।
जसमा तत्कालिन नेकपा एमालेका तर्फबाट ६ तथा माओवादी केन्द्रका तर्फबाट पूर्व मन्त्रीसहित ३ जना जिल्ला नेतृत्वका लागि दौडमा रहेका छन् ।
एकीकृत पार्टीका तर्फबाट अध्यक्ष पदका लागी तत्कालिन नेकपा (एमाले) का दिवाकर देवकोटा, देव नारायण चौधरी, अखिलेश कुमार झा, प्रताप नारायण चौधरी, सुखराम यादव, जयप्रकाश ठाकुर तथा तत्कालिन माओवादी केन्द्रवाट पुर्व मन्त्री उमेश यादव, महेश यादव र दानालाल चौधरी आकांक्षी देखिएका छन् ।
भदौंको पहिलो साता भित्र एकिकृत जिल्ला संगठन निर्माण गरी सक्ने केन्द्रीय पार्टीको निर्देशन अनुसार जिल्लाको नेतृत्वका लागि परेको सो दावेदारी पश्चात् सहमतिको प्रयास जारी रहदाँ नेतृत्व छान्न ढिलाइ भएको पार्टीका जिल्ला नेताहरुको भनाइ छ ।
नेतृत्व चयनका लागी गठित कार्य दलले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र दुबैबाट आएका नामलाई प्रदेश कार्यदलसम्म वुझाइसकेको पार्टी श्रोतले जनाएको छ ।
यता जिल्लाको नेतृत्वका लागि मात्र नभएर सचिव र अन्य पदमा समेत एकीकृत पार्टीका आकांक्षी धेरै रहेका छन् ।
यसरी तत्कालिन एमाले र माओवादी केन्द्र दुवैवाट चर्चामा आएका नामहरु उपर कार्यदल भित्र व्यापक छलफल भइरहेको र चाडै नै टुंगो लगाउने तयारी रहेको पार्टी श्रोतले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य अशोक कुमार मण्डलले तत्कालिन दुबै पार्टीको सम्माजनक सहभागितामा एकिकृत जिल्ला संगठन निर्माण गर्नु पर्ने भएकाले आकांक्षी धेरै देखिएकोले ढिलाइ भईरहेको बताए ।
सप्तरीमा तत्कालिन एमालेको ७३ सदस्यीय जिल्ला कमिटी रहेको थियो भने माओवादी केन्द्रको जिल्ला सचिवालय ६१ सदस्यीय रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ