News Category 2075/05/04
नेकपा सप्तरीमा अध्यक्षको दौडमा नौं आकांक्षी
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
नेकपा सप्तरीको नेतृत्वका लागि नौं जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । जसकारण पार्टीलाई नेतृत्व छान्न सकस परेको छ ।
तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्र विचको एकिकरण पश्चात् निर्माण भएको नेकपा जिल्लाको नेतृत्वका लागि दुवै तर्फबाट परेको नौं जनाको दावेदारीले पार्टीलाई नेतृत्व छान्न सकस परेको हो ।
जसमा तत्कालिन नेकपा एमालेका तर्फबाट ६ तथा माओवादी केन्द्रका तर्फबाट पूर्व मन्त्रीसहित ३ जना जिल्ला नेतृत्वका लागि दौडमा रहेका छन् ।
एकीकृत पार्टीका तर्फबाट अध्यक्ष पदका लागी तत्कालिन नेकपा (एमाले) का दिवाकर देवकोटा, देव नारायण चौधरी, अखिलेश कुमार झा, प्रताप नारायण चौधरी, सुखराम यादव, जयप्रकाश ठाकुर तथा तत्कालिन माओवादी केन्द्रवाट पुर्व मन्त्री उमेश यादव, महेश यादव र दानालाल चौधरी आकांक्षी देखिएका छन् ।
भदौंको पहिलो साता भित्र एकिकृत जिल्ला संगठन निर्माण गरी सक्ने केन्द्रीय पार्टीको निर्देशन अनुसार जिल्लाको नेतृत्वका लागि परेको सो दावेदारी पश्चात् सहमतिको प्रयास जारी रहदाँ नेतृत्व छान्न ढिलाइ भएको पार्टीका जिल्ला नेताहरुको भनाइ छ ।
नेतृत्व चयनका लागी गठित कार्य दलले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र दुबैबाट आएका नामलाई प्रदेश कार्यदलसम्म वुझाइसकेको पार्टी श्रोतले जनाएको छ ।
यता जिल्लाको नेतृत्वका लागि मात्र नभएर सचिव र अन्य पदमा समेत एकीकृत पार्टीका आकांक्षी धेरै रहेका छन् ।
यसरी तत्कालिन एमाले र माओवादी केन्द्र दुवैवाट चर्चामा आएका नामहरु उपर कार्यदल भित्र व्यापक छलफल भइरहेको र चाडै नै टुंगो लगाउने तयारी रहेको पार्टी श्रोतले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य अशोक कुमार मण्डलले तत्कालिन दुबै पार्टीको सम्माजनक सहभागितामा एकिकृत जिल्ला संगठन निर्माण गर्नु पर्ने भएकाले आकांक्षी धेरै देखिएकोले ढिलाइ भईरहेको बताए ।
सप्तरीमा तत्कालिन एमालेको ७३ सदस्यीय जिल्ला कमिटी रहेको थियो भने माओवादी केन्द्रको जिल्ला सचिवालय ६१ सदस्यीय रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ