News Category 2075/05/04
अत्याधिक गर्मीले जनजीवन पूर्ण रुपले कष्ठकर
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
विगत एक सातादेखि बढ्दै गएको अत्याधिक गर्मीले सप्तरीको जनजीवन पूर्ण रुपले प्रभावित हुनुका साथै दिनचर्या अत्यन्त कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीले दिउँसो बजारमा मानिसहरुको चहलपहलमा निकै कमी देखिएको छ ।
राजविराजमा आइतवार ४० डिग्री तापक्रम मापन गरिएको छ भने शनिबार पनि तापक्रम उत्तिकै डिग्रीको हाराहारीमा रहेको थियो ।
गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ७ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् ।
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, बरफ, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् ।
यता पंखा चलाएर वस्दा पनि तातो हावा आउने कारण पनि सर्वसाधारण निकै कष्ठकर जीवन बिताउन बाध्य भएको स्थानिय उमेश यादव बताउछन् ।
यस्तै गर्मीकै कारण जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्तिथि समेत न्यून छ । अहिले बढेको गर्मी सहन नसकेर अतिआवश्यक काम बाहेकको अवस्थामा अदालतमा सेवाग्राहीहरुको आउने क्रममा कमि आएको जिल्ला बार एशोसिएशनका पूर्व अध्यक्ष दुर्गानन्द चौधरीले बताए ।
गत वर्ष यही वेला अविरल वर्षाका कारण जिल्लामा जताततै वाढी आएको थियो । तर यस पटक वाढीको साटो गर्मीको प्रकोपले दुःख भइरहेको स्थानिय शंकर साहको भनाई छ । चर्को घामले घर वाहिर निस्कनै कठिन भएपछि अधिकांश विद्यालयको गर्मी विदा सकि सके पनि पठनपाठन सुचारु गर्न कठिनाइ भएको एक शिक्षकले सुनाए ।
लामो समयदेखि पानी नपर्दा किसान झन मारमा परेका छन । एकातिर धान रोपाई प्रभावित भए भने अर्को तिर रोपाइ भएका खेतमा पनि पानी अभावमा धाँजा फाट्न थालेको छ ।
अत्यधिक गर्मीले बाजार सुनसान भए पनि विभिन्न रोगको सक्रमण वढे पछि विरामीको संख्या भने ह्वातै वढेको छ । जस कारण अस्पताल र प्राइभेट क्लिनिकहरुमा विरामीको चाप वढेको छ ।
स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विरामीको चाप वढेको मेसु डा चुमन लाल दासले वताए । उनका अनुसार अत्यधिक गर्मीका कारण अहिले अस्पतालमा दैनिक भाइरल ज्वरो, सर्पदंश, रुघाखोकीका विरामीहरु उलेख्य सख्यामा आउने गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ