News Category 2075/05/05
सामाजिक परिचालकद्वारा मुख्यमन्त्री कार्यालय घेराउ
दैनिक समाचारदाता
जनकपुर, ४ भदौं ।
प्रदेश २ का ८ सय ५४ जना सामाजिक परिचालकहरु पुनः बहालीको माग गर्दे सोमबार प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् ।
नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई अहिलेलाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्ने दुई बुँदे माँग राख्दै सामाजिक परिचालकहरु आन्दोलनमा उत्रेका हुन् ।
साउन २७ गतेदेखि जनकपुरमा सरकार विरुद्ध आन्दोनल गर्दै आएका सामाजिक परिचालकहरुले पिडारीचौकबाट जुलुस निकाल्दै प्रदेश २ सरकारको कार्यालय अगाडि मुलगेटमै पुगेर बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म घेराउ गरेका हुन् ।
गएको साउन २६ गते जनकपुरमा पत्रकार सम्मेलन गरी नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं. २ ले आफ्नो मागप्रति प्रदेश सरकार र संघीय सरकार उदासिन रहेको भन्दै सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
लामो सयम थोरै तलबभत्तामा भए पनि नागरिकको सेवा गरेको तर सरकारले कामबाट हटाउँदा उमेर हदलगायतका विभिन्न कारण रोजगारी पाउन समस्या भएकाले माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने समाजिक परिचालक संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले बताःए ।
यता सडक संघर्षबाट आफुहरुको माग सम्बोधन नभए मुख्यमन्त्रीको कार्यालय अगाडि नै आफूहरु आमरण अनशन बस्ने समाजिक परिचालकहरुले चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ