News Category 2075/05/10
न्याय माग्दा गोली चलाएर दमन गर्न खोज्यो ः नेकाँ संसदीय दल नेता यादव
राजविराज÷नेपाली काँग्रेस प्रदेश २ को संसदिय दलका नेता राम सरोज यादवले शान्तिपूर्ण आन्दोलनमार्फत न्याय माग्न जाँदा जनातामाथी सरकारले गोली चलाएर दमन गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस सप्तरी क्षेत्र नं. ३ ले शनिबार राजविराजमा आयोजना गरेको ‘जनहितका लागि सूचना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै नेता यादवले सो आरोप लगाएका हुन् ।
वर्तमान बाम सरकारले न्याय दिनुको साटो निर्दोष जनतामाथी गोली वर्षाएर जनताको मुख थुन्ने काम गरिरहेको आरोप लगाए । उनले त्यसको बिरुद्ध संगठित भई अघि वढ्नुपर्ने आवश्यता रहेको बताउँदै दमन विरुद्ध एकजुट भई प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
यस्तै उनले वर्तमान सरकार दमन र संवैधानिक ब्यवस्था कमजोर वनाउन सकृय रहेको आरोप समेत लगाए ।
यस्तै कार्यक्रममा कांग्रेस सप्तरीका सभापति दिनेश यादवले सरकारको तानाशाहि शैली, मुल्य र कर वृद्धि संविधान विपरीतका कृयाकलाप लगायतका गतिविधि विरुद्ध पार्टीभित्र वृहत एकता कायम गरी अघि वढ्ने उद्घोष गर्दै यसका लागि अहिले तयारीको क्रममा गाउँगाउँमा जनजागरण र प्रशिक्षण अभियान थालिएको वताए ।
नेपाल शिक्षक संघ सप्तरीको अध्यक्ष शैलेन्द्रकुमार मण्डलले चुनावका वेला सत्ता पक्षले गाउँ गाउँमा सिंह दरवारको नारा दिएपनि अहिले दरवार केन्द्रमै र गाउँ गाउँमा सिंह मात्र देखिएको आरोप लगाए । सूचना सवैको अधिकार भएको जिकिर गर्दै उनले सूचना माग्न जाँदा जनप्रतिनिधिवाट ‘सिंह’ जस्तै आक्रमक ब्यवहार हुने गरेको गुनासो पोखे ।
कांग्रेस क्षेत्र नं. ३ का सभापति महानन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्र २ का सभापति ललन गुप्ता, पुर्व जिविस सभापति विरवल विराजी, प्रदिप साह, श्यामकिशोर यादव लगायतले पनि वोल्दै वर्तमान सरकार विकास, सुशासन र जनसेवाको नारा दिएपनि ब्यवहारमा ठिक उल्टो देखिएको उल्लेख गर्दै पार्टीभित्र वृहत एकता कायम गरी त्यस्ता कृयाकलापको शसक्त प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ