News Category 2075/05/12
राजपा नेतृत्वको स्थानिय तहमा जनतालाई भार पर्ने गरि नयाँ कर नथप्ने निर्णय
दैनिक समाचारदाता
काठमाडौं, ११ भदौं ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले नेतृत्व गरेको उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा जनतालाई थप भार पर्ने गरि कुनै पनि किसिमको नयाँ कर नथप्नेलगायत ७ बुँदे निर्णय गरिएको छ ।
पार्टीको केन्द्रिय कार्यालय काठमाडौंमा सोमबार सम्पन्न अध्यक्ष मण्डल, पार्टीको सचिवालय, संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु, स्थानिय तहका जनप्रतिनिधिहरु, जिल्ला समन्वय समितिका पदाधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको संयोजक महन्थ ठाकुरद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
बैठकले अबैज्ञानिक अनुपयुक्त, अव्यबहारिक लागु करबाट जनतालाई राहत दिने र कृषि क्षेत्रको निमित्त अति नै महत्वपूर्ण समयमा किसानहरुलाई सहज, सुलभ र सुपथ मुल्यमा मलखाद उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरि हरसम्भव व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ ।
त्यस्तै शहिद परिवारको एक सदस्यलाई रोजगारको व्यवस्था मिलाउन कदम चाल्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिहरुबीच आपसी सद्भाव, समन्वय र सहकार्य गर्दै पार्टीको घोषणा पत्र र जनताको सल्लाह अनुसार विकास कार्यहरु संचालित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
तराई मधेश लगायत देशका विभिन्न भागमा भू–स्खलन, बाढी, नदी कटानबाट पीडितहरु प्रति सहानुभुति प्रकट गर्दै रौतहट लगायत विभिन्न जिल्लामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकले प्रकोप नियन्त्रका लागि नेपाल सरकारसँग आश्वयक कदम चाल्न र पीडितहरुलाई समय मै राहत सहयोग उपलब्ध गराउन जोडदार माँग गर्दै राजपा नेपालले पीडितहरुलाई सहयोग गर्न सथनिय स्तरमा तत्पर हुन सबैलाई अपील गरेको छ ।
बैठकबाट भएको निर्णयको अन्तिम बुँदामा संविधान संशोधन, मधेश तथा थरुहट आन्दोलनका क्रममा लगाइएको झुठा मुद्दा फिर्ता, बन्दी रिहाई, निर्वाचित सांसद रेशम चौधरीको सपथ ग्रहण तथा रिहाई, घाइेतहरुको थप उपचार तथा मधेश आन्दोलनका क्रममा घटेका घटनाहरुको छानबिन गर्न बनेको आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न माँग समेत गरेको छ ।
सोही बैठकले निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको व्यवस्थित रुपमा संचालनका लागि सहयोग गर्ने निर्णय अनुसार आ–आफ्नो पारिश्रमिक र भत्ताबाट लेवी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ