News Category 2075/05/14
घरमा पानी छिरेपछि सुत्केरी र नवजात शिशु जोगाउन रातभर जाग्राम
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
सप्तकोशी नदीमा पानीको बहाव सतह भन्दा माथी पुगेपछि सप्तरीको ४ सय ५० घर डुवानमा परेको छ । बस्ति डुवानमा परेपछि स्थानियहरु कष्टकर जिवन बिताउँन बाध्य भएका छन् ।
कोशीको पानी घरमा पसेपछि स्थानियहरु दुई दिनदेखी घरमा खाना समेत पकाउन सकिरहेका छैन् । सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरु सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बास लिन बाध्य भएका छन् ।
यसैबीच बस्तीमा पानी छिरेपछि हनुमाननगर कंकालिनी नगरपालिका १२ की ३ दिनकी सुत्केरी आफ्नै घरमा बाढीले घेरीएर कष्टकर र जोखीमपुर्ण जिवन विताउन बाध्य भएकी छिन् ।
फुसको घर चारै तीर बाढीको पानीले घेरिए पछि २३ वर्षिया सहनाज खातुनको विजोग भएको छ । सुरक्षित स्थानको अभाव र घरमा २ फिट सम्म पानी जमेपछि उनलाई नवजात शिशुसंगै कोठामा खाट राखी हालसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ ।
यता सुत्केरी वस्ने ठाउँमा विषेश गरी विषालु धामन सर्प आउन थालेपछि आफु रातभर जाग्राम वस्ने गरेको उनका पति मो.साहिलले बताए । उनले भने, “बाढीको पानीसंगै सर्पहरु पनि बगेर आउने गरेका छन,उनले थपे“ सुत्केरी जोगाउनका लागी रातदिन लठ्ठी लिएर सर्पको पहरा गर्नू परेको छ ।”
बुधवार विहान सम्ममा आफुले घर भित्र पानीसंगै प्रवेश गर्न खोजेको दूई वटा सर्पलाई लठ्ठीले हिर्काएर धपाएको समेत उनले जानकारी दिए ।
आफन्त नजिकमा कोही नभएको र आर्थिक हैसियत पनि नभएकाले सुत्केरीलाई घरमै राखेको उनले लाचारी सुनाए । बाढी प्रभावित ती वस्तीमा बहुसंख्यक विपन्न र दलित समुदायको वसोवास छ ।
यसैबीच प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह सहनाज खातुनको हालत देखेर उनको सुरक्षाका लागी उचित प्रबन्ध मिलाउने प्रतिबद्धता जनाउँदै पोषिलो खानेकुरा र लत्ता कपडाको व्यवस्था भने मिलाइ दिएका छन् ।
झण्डै २० वर्षपछि सप्तकोशीको बाढी यस वस्तीमा पसेको स्थानीयले बताएका छन् । सोमबार वेलुका आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका र तीलाठी कोईलाडी गाउँपालिका गरी ४ सय ५० घर डुबानका परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ