News Category 2075/05/16
झोले संस्थाहरुलाई निरुत्साहित गर्न आवश्यक ः अध्यक्ष सिंह
दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजले २० औं साधारणसभा विभिन्न कार्यक्रम गरि शुक्रबार मनाएको छ ।
साधारणसभाको अवसरमा संस्थाद्वारा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जिल्लामा रहेका विभिन्न झोले संस्थाहरुलाई निरुत्साहित गरे मात्र राम्रो काम गर्ने संस्थाहरुको औचित्य रहने बताएका छन् ।
सप्तरीमा रहेका ६ सय भन्दा बढी गैसस मध्ये एक दर्जन जति संस्थाले मात्र नियमित कार्य गरिरहेको र त्यस मध्ये एससिडिसी पनि रहेको उनले उल्लेख गरे । एससिडिसीले गरिरहेको कार्यहरुको सहनिय गर्दै अध्यक्ष सिंहले आउँदो दिनमा संस्थाले गाउँपालिकामा समुदायस्तरको काम गर्नका लागि योजना ल्याए सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा सामी हेल्भेटासका जिल्ला परियोजना संयोजक देवनारायण चौधरीले संस्थाले समुदायस्तरमा जनचेतना जगाउने गरिरहेको कामलाई सकारात्मक भएको धारणा राखे । उनले बैदेशिक रोजगारका लागि जाने युवाहरुलाई आवश्यक सुझाव र जानकारी दिइरहेको कार्य समेत प्रभावकारी भएको भन्दै सामी हेल्भेटासद्वारा १९ जिल्लामा संचालित सो कार्यक्रम धनुषापछि सप्तरी नै अग्रस्थानमा रहेको बताए ।
संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले संस्थाले २० वसन्त पार गर्नुमा सम्पूर्णको सहयोग रहेको भन्दै आउँदो दिनहरुमा संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादव, गैसस महासंघ नेपाल सप्तरीका सचिव बलदेव मण्डल, आरआर एनका जिल्ला संयोजक दिनेश अर्याल, गैससका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार बैजनाथ झा, एमनेष्टी इन्टरनेशनल समूह ३० राजविराजका संयोजक नवीन कुमार गुप्ता, संस्थाका सल्लाहकार राजेश झा, मिथिलेश कुमार यादव, पूर्व कर्मचारीद्वय भुपेश कुमार भुप र रमेश राम लगायतका वक्ताहरुले शुभकामना मन्तव्यका साथै संस्थाको कार्यबारे प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा संस्थामा लामो समयदेखी योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ