News Category 2075/05/16
खडक नपामा सरसफाइ सम्मेलन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
सप्तरीको खडक नगरपालिकास्थित फुलेश्वर जनता माध्यमिक बिद्यालय वडा नं. ६ मा शुक्रबार सरसफाई सम्मेलनको आयोजना गरिएको छ ।
एसएनभी नेपालसंगको साझेदारीमा सबल नेपालद्धारा संचालित स्मार्ट बिद्यालय कार्यक्रम अन्र्तगत संचालित उक्त कार्यक्रम अन्र्तगत नगरपालिकालाई पुर्ण सरसफाइ युक्त नगरपालिका घोषणा गर्ने अभिप्रायले सम्मेलनको आयोजना गरिएको हो ।
बिद्यालयका बालबालिकाहरुलाई बिभिन्न ७ समुहमा बिभाजन गरि सरसफाइ तथा स्वास्थ्यका सुचांकहरुको आधारमा जिम्मेवार दिइएको थियो । जस अन्र्तगत बालबालिकाहरुका लागि अंक सहित बिभिन्न ७ रंगको झण्डा समेत बिद्यालयमा राखिएको छ ।
सरसफाइ तथा स्वास्थ्यका सुचांकका आधारमा झण्डालाई माथि उठाउने गरिन्छ । झण्डा सत प्रतिशत माथि उठेको खण्डमा बिद्यालय पुर्ण सरसफाइ हुने भनी बुझिने सबल नेपालका सुपरभाईजर देवेश कुमार चौधरीले जानकारी दिए ।
सम्पन्न कार्यक्रममा बालबालिकाहरुले आ–आप्mना प्रतिभा प्रष्टफुटन गर्नुको साथसाथै झण्डोतोलन समेत गरिएको थियो । बिभिन्न ७ समुहको भएको उक्त प्रतियोगितामा स्वच्छ वातावरण समुह बिजेता भएका थिए । उत्कृष्टलाई ५ हजार नगद समेत सबल नेपालबाट प्रदान गरिएको कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिए ।
कार्यक्रम अन्र्तगत बालबालिकाले बिद्यालयमा सरसफाइ तथा स्वास्थ्यका लागि राखेको दान पेटिकामा २५ हजार ९ सय रुपैया संकलन समेत भएको थियो । फुलेश्वर जनता माध्यमिक बिद्यालयको आफनै प्रागंणमा संचालित उक्त कार्यक्रममा बिद्यार्थीहरुका साथसाथै अभिभावक तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
बिद्यालयका संस्थापक देवेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा खडक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राकेश साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसएनभी नेपालका सप्तरी जिल्ला संयोजक कृष्णा जिसी, सिरहाका रामप्रकास सिंह, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, कोषाध्यक्ष आयुश श्रेष्ठ तथा कार्यक्रम संचालित १० बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो । स्मार्ट बिद्यालय कार्यक्रम खडक नगरपालिकाका बिभिन्न १० निजी तथा सरकारी बिद्यालयमा संचालित रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ