News Category 2075/05/18
बिदाको अवज्ञा गरेको भन्दै प्रदेशका कानुनमन्त्री बैंक अगाडी बसे धर्ना
दैनिक समाचारदाता
जनकपुर, १७ भदौ ।
प्रदेश २ सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरेको भन्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आइतवार जनकपुरस्थित राष्ट्र बैंक अगाडी धर्नामा बसेका छन् ।
नेपाल राष्ट्र बैंक जनकपुर शाखा कार्यालयको मूलद्वारमै मन्त्री यादवसहित समर्थक र कार्यकर्तासहित धर्नामा बसेका हुन् ।
मन्त्री यादवले प्रदेश मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेर आइतवार भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको निर्णय कार्यान्वयन गर्न सम्पूर्ण कार्यालयमा पत्राचार गरे पनि संघीय सरकार मातहत रहेका सरकारी कार्यालयले प्रदेश सरकारको निर्णय अवज्ञा गरेपछि बाध्य भएर धर्नामा बस्नुपरेको बताए ।
यसअघि शुरूमा संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी युवा फोरम नेपाल धनुषाका १३ जना कार्यकर्ता राष्ट्र बैंक बन्द गराउन पुग्दा प्रहरीले गिरफ्तार गरेको थियो । पछि मन्त्री यादव आफैं धर्नामा बसेपछि पक्राउ गरिएका १३ जना फोरमका युवा कार्यकर्तालाई प्रहरीले रिहा गरेको थियो ।
प्रदेश सरकारले प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा कार्यान्वयनका लागि विगतमा ५ पटक संघीय सरकारलाई पत्राचार प्रदेश सरकारले गरिसकेको भएपनि संघीय सरकार मातहतका कार्यालयलाई बिदा नदिन भन्दै परिपत्र जारी गरेका कारण संघीय सरकारविरुद्ध धर्ना बसेको मन्त्री यादवले बताए ।
यसअघि पनि प्रदेश सरकारले जानकी नवमी, ईद, बकरईद, रक्षाबन्धनमा प्रदेश भरी सार्वजनिक बिदा दिएको थियो । तर, ती बिदाहरुको वित्तिय संस्थाहरुले अवज्ञा गरेको थियो । यस्तै सप्तरीमा पनि प्रदेश सरकारको निर्णय विपरीत विभिन्न वित्तिय संस्थाहरु आइतबार सार्वजनिक बिदामा समेत संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ