News Category 2075/05/19
उद्योग वाणिज्य संघले मन्त्री खतिवडालाई १० वुँदे अवधारणा पत्र बुझायो
दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
सप्तरी उद्योग वाणिज्य संघले अर्थमन्त्री डा. युवराज खतिवडालाई १० वुँदे अवधारणा पत्र वुझाएको छ ।
बाणिज्य संघले सोमबार राजविराजमा उनको सम्मानमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष अरुण प्रधानले जिल्लाको समग्र विकास तथा कर सम्वन्धि विषयलाई समेटी तयार पारिएको १० वुदे अवधारणा पत्र वुझाएका हुन् ।
राजविराज भन्सार कार्यालयको स्तर वृद्धि, दरवन्दी अनुसारको पदपुर्ति, छोटी भन्सार कार्यालयहरुवाट समय सापेक्ष दर रेटमा भन्सार कटाउने सुविधा, नेपालको तिलाठी र भारतको कुनौली जोडने खण्डमा नेपाल र भारत सरकारको संयुक्त पहलमा मैत्री पुलको निर्माण, वैकवाट हाल सुनचाँदी ब्यसायीलाई उपलब्ध गराईदै आएको ४ किलो सुनको मात्रा वढाई ८ किलो पुर्याउन लगायतका माग र सुझावहरु अवधारणा पत्रमा उल्लेख छ ।
यस्तै लामो समयदेखि जिल्लामा भारतीय रुपैयाको अभावका कारण मार्कामा परेको भन्दै नगरवासीका तर्फवाट पनि मन्त्री खतिवडालाई ध्याष्नाकर्षण पत्र वुझाईएको छ ।
राजविराज वडा नं. ५ का अध्यक्ष समिर झाद्वारा वुझाईएको ध्यानाकर्षण पत्रमा विगतमा राष्ट्रिय वाणिज्य वैकले सर्वसाधारणका लागि काउण्टर संचालन गरी भारतीय नोट सटही गर्दै आएपनि विगत चार वर्षले सो सेवा वन्द गरिएपछि यहाँका जनता मारमा परेको उल्लेख छ ।
वैंकले सो सेवा वन्द गरेपछि भारतीय रुपैयाको अवैध कारोवार फस्टाएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा हाल अवैध कारोवारीले भारु नोटको अभावको फाईदा उठाउँदै सयकडा ७ देखि ९ रुपैयाँसम्म वट्टा लिएर भारु नोट साट्न थालेकोले अविलम्ब भारु सटहरी काउण्टरको ब्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै सिमावर्ती वजार भएकाले सप्तरीमा धेरै उद्योगी ब्यवसायीले कतिपय अवस्थामा भारु मै कारोवार गर्नु पर्ने वाध्यता हुन्छ । यसका अतिरिक्त सर्वसाधारणलाई सिमावर्ती वजारमा किनमेल प्रयोजनका लागि मात्र नभई भारतमा उपचार, शिक्षा, तिर्थाटन तथा पर्यटन प्रयोजनाका लागि पनि भारु नोट आवश्यक पर्छ । तर, सहज ढंगले उपलब्ध नहुँदा चर्को वट्टा तिरेर अवैध कारोवारीसँग भारु नोट खरिद र साट्न वाध्य भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमार्फत अर्थमन्त्री मार्फत भारु सटहीको काउण्टर अविलम्व संचालन गर्न माग गरिएको छ ।
यस अधि मन्त्रि खतिवडाले रुपनि गाउँपालिका स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको निरिक्षण अवलोकन गर्दै त्यहाँ उद्योग संचालनमा देखिएको समस्याहरु वारे व्यवस्थापन र उद्योगी व्यवसायीसंग आवश्यक जानकारी लिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ