News Category 2075/05/27
जातीय समिकरणले मुलुकमा द्वन्द्व निम्त्याउँदै छ ः सांसद आलम
दैनिक समाचारदाता
राजविराज, २६ भदौं ।
नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य मो. आफताब आलमले जातीय समिकरणले मुलुकमा द्वन्द्व निम्त्याउने काम भइरहेको आरोप लगाएका छन् ।
१०५ औं विपिको जन्न्म जयन्तीको अवसरमा नेपाल मुस्लिम संघ सप्तरी क्षेत्र नं. ३ ले कुशहामा आयोजना गरेको भेलामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सांसद आलमले सो आरोप लगाएका हुन् । मुलुकको वर्तमान राजनीतिमा जातीय समिकरणले जडो गाड्दै गइरहेको भन्दै उनले भने, “जातिय समिकरणले मु्लुकलाई द्वन्द्वमा फसाउने काम मात्र गर्छ ।”
नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य समेत रहेका आलमले मधेशी जनताको हकअधिकार तथा पहिचान काँग्रेसले मात्र स्थापित गर्न सक्ने दाबी समेत गर्नुभयो । पूर्वमन्त्री समेत रहेको आलमले मुस्लिहरुको महान पर्व इद र बकरइदको बिदा कटौती गरेर संघीय सरकारले ठूलो भूल गरेको भन्दै ती बिदाहरु अविलम्ब दिन संघीय सरकारलाई आग्रह समेत गरे ।
सरकारको आठ महिने कार्य अवधीमा जनताले विकासको अनुभूती नपाएको आरोप समेत उनले लगाए ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि प्रतिनिसभाका सदस्य तेजुलाल चौधरीले नेपाली काँग्रेस मुलुककै पुरानो पार्टी भएकोले हाल पार्टीमा देखिएको गुटउपगुटले पार्टी कमजोर भएको जिकिर गरे । पार्टीलाई बलियो बनाउन गुटउपगुटकालाई निरुत्साहित पार्नु पर्नेमा उनले जोड दिए । सांसद चौधरीले किसानहरुको समस्याहरु बारे सरकार गम्भिर नभएको आरोप लगाउँदै उनीहरुको समस्या समाधान गर्नतर्फ सरकार गम्भिर हुनुपर्नेमा जोड समेत दिए ।
नेपाल मुस्लिम संघ सप्तरी क्षेत्र नं. ३ का अध्यक्ष मो. युसुफको अध्यक्षतामा आयोजित भेलामा मुस्लिम संघका केन्द्रिय सचिव इर्साद अन्सारी, काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, क्षेत्रिय अध्यक्ष बद्री महात्मान, पूर्वसांसद सुरेन्द्र यादव, सिताराम साह, टे«ड युनियनका उमेश मिश्र, रामसुन्दर मण्डल लगायतले मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ