News Category 2075/05/28
भारत पु¥याएर बन्धक बनाई फिरौती रकम असुल गर्ने अपराधी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
सप्तरी प्रहरीले भारत पु¥याएर वन्धक बनाई फिरौती रकम असुल गर्ने एक पेशेवर अपराधीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत पक्राउ परेका महोत्तरीको साँढा गाउँपालिका २ का ५५ वर्षिय विन्देश्वर साहलाई सार्वजनिक गरिएको छ ।
आर्थिक समस्यामा रहेकाहरुको पहिचान गरी केहि दिनका लागि रकम सापटी दिने प्रलोभन देखाउँदै साहले आधा दर्जन घटनावाट लाखौ रकम फिरौती असुल गरिसकेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिए ।
पछिल्लो पटक राजविराज नगरपालिकाका २ निवासी राजकुमार यादवले दिएको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान गर्दै जाँदा साहलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।
प्रहरी उपरिक्ष विष्टले भने, “राजकुमारसँग सामान्य चिनजान रहेका विन्देश्वरले गत वैशाख १० गते राजकुमारलाई ‘तपाईएको छोरीको विहे छ, पैसाको अभाव भए पटना हिड म १५ दिनका लागि आवश्यक रकम सापटि दिन्छु’ भन्दै प्रलोभन देखाएका थिए । छोरकिो विवाहका लागि राजकुमारलाई पैसा आवश्यक रहेकाले उनले नाताले भाई पर्ने राम चरित्र यादवलाई सोहि दिन विन्देश्वरसँग पटना पठाएका थिए । तर पटनाका लागि भनेर हिडेका रामचरित्रलाई विन्देश्वरले विच वाटो मुजप्mफरपुरमै वसवाट जवरजस्ति ओरालेर रेल मार्फत मोतिहारी पु¥याएर होटलमा लगि वन्धक वनाएर राखेका थिए ।”
विन्देश्वरसँगै रहेका नाम नखुलेका अन्य तीन चार जना मिलेर रामचरित्रलाई होटलको एउटा कोठामा वन्धक वनाएपछि त्यहिवाट भारतीय मोवाईल नम्वरको प्रयोग गरी राजकुमारई १० लाख भारतीय रुपैयाँ फिरौती नदिए रामचरित्रको हत्या गर्ने धम्कि दिएका थिए ।
प्रहरीले दिएको जानकारी खनुसार अपहरणकारीले माग गरेको रकममा मोलमोलाई गरी अपहरणकारीले भनेकै अनुसार वैशाख १२ गते विरगन्ज स्थित प्रभु विकास वैंकमा ९ लाख ६० हजार नेपाली रुपैँया नरेशप्रसाद साहका नाममा रहेको खातामा जम्मा गरिदिए । वैंकमा जम्मा गरिएको सो रकम भोलीपल्टै वैशाख १३ गते विन्देश्वर साहले झिकेर लगेका थिए ।
यता भारतीय प्रहरी र पर्सा प्रहरीसँग सम्पर्कमै रहेका वेला विन्देश्वर अचानक विरगन्जमा देखा परेपछि उनलाई सोहि स्थानमा घेरा हालेर पक्राउ गरिएको एसपी विष्टको भनाई छ ।
पक्राउ परेका साहसँग भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहिमा रेन्जर पदमा कार्यरत रहेको नक्कली परिचय पत्र समेत फेला परेको प्रहरी उपरिक्षक विष्टले वताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ