News Category 2075/05/29
डेढ महिनामा ५८ लाख ८० हजार क्षतिपूर्ती
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
सप्तरीबाट बैदेशिक रोजगारीमा जाँदा विभिन्न एजेन्टहरुबाट ठगिएकाहरुले चालु आ.ब. २०७५÷७६ को डेढ महिनाको अवधीमा ५८ लाख ८० हजार क्षतिपूर्ती पाएका छन् । गत वर्ष पीडितहरुले २ करोड ८६ लाख ७२ हजार ९ सय ६० रुँपैया क्षतिपूर्ती पाएका थिए ।
सुरक्षित आप्रवासन परियोजना अन्तरगत बिहीबार राजविराज आयोजित समिक्षा तथा आगामी कार्ययोजना विषयक छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।
सामी, हेल्भिटासको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा संचालित परियोजना अन्तरगत सूचना तथा परामर्श केन्द्रको पहलबाट सो क्षतिपूर्ती रकम उपलब्ध गराइएको जानकारी दिइएको हो ।
चालु आबको साउन १ देखी भदौं १५ गतेसम्म सूचना तथा परामर्श केन्द्रमा दर्ता भएका १ सय ४५ मुद्दाहरुलाई समाधान गरेपछि विभिन्न एजेन्टहरुबाट ठगिएका व्यक्तिहरुलाई ५८ लाख ८० हजार रकम फिर्ता गराउन सफल भएको संस्थाका परियोजना अधिकृत रामप्रमेश मण्डलले जानकारी दिए ।
त्यस्तै गत वर्ष २०७४÷७५ मा ४ सय ७० वटा सूचना तथा परामर्श केन्द्रमा ठगिका मुद्दाहरु दर्ता भएको मध्येबाट २ सय ५८ वटा मुद्दाहरु छिनोफानो पश्चात् पीडितहरुले २ करोड ८६ लाख ७२ हजार ९ सय ६० रुँपैया क्षतिपूर्ती पाएका थिए ।
त्यस्तै गत वर्ष जिल्लाबाट ९ हजार ३० वटा राहदानी बनाएका मध्येबाट ११ हजार २ सय १५ जना बैदेशिक रोजगारीका लागि गएका थिए । जसमा १६ जनाको बैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गएको परामर्श केन्द्रले जनाएको छ । यस्तै विदेश जाने ८ हजार ३ सय ७६ जनालाई सूचना तथा परामर्श केन्द्रले सुरक्षित बैदेशिक रोजगारीको बारेमा परामर्श समेत दिएको थियो ।
आयोजित छलफल कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कानुनी प्रावधानले बैदेशिक रोजगारीका क्रममा गग्ने एजेन्टहरुलाई कानुन सम्वत् कारवाही गर्न नसकिएकोले स्थानिय तहका जनप्रतिनिधिहरुलाई यसप्रति गम्भिर हुन आग्रह समेत गरे । उनले ठगि गर्ने एजेन्टलाई स्थानियस्तरबाटै निरुत्साहित गर्नु पर्ने र सबै जनतालाई यसप्रति सचेत गराउन जनप्रतिनिधहरुले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्टले ठगि गर्नेहरुलाई पक्राउ गरे पनि आवश्यक कानुनको अभावमा अदालतको आदेशबाट रिहा गर्नु पर्ने कानुनी प्रवधानका कारण काम गर्न असजिलो भएको गुनासो गरे ।
यस्तै कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बैदेशिक रोजगारीको नाममा ठगि गर्ने प्रवृती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले स्थानिय तहमा त्यस्ता कार्यलाई निरुत्साहित पार्न सम्पूर्ण स्थानिय तह एकमत राखेर अगाडी बढ्नु बाहेकको विकल्प नरहेको धारणा राखे । यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जिल्लाको १८ वटै स्थानिय तहका प्रमुख र अध्यक्षहरुले यसप्रति गम्भिर भएमात्र ठगि गर्नेहरुलाई निरुत्साहित गर्न सकिने जिकिर गरे ।
राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले सबै स्थानिय तहले जिल्लामा देखिएको बैदेशिक रोजगारीमा जानेहरुको समस्याप्रति एउटा एजेण्ड लिएर कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकार यादवको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, कार्यकारि अधिकृत चन्द्र बहादुर कार्की, सामी परियोजनाका जिल्ला संयोजक देवनारायण चौधरी, संस्थाका अध्यक्ष शम्भुनन्द चौधरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ