News Category 2075/05/30
तीन दिनका लागि शैक्षिक संस्था बन्द कंचनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि कंचनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरुमा स्वाइन फ्लू र हङकङ फ्लु भएको पुष्टि गरेपछि कंचनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिकाका प्रमुख बसन्त मिश्रले जानकारी दिएका छन् ।
यता नगरलाई विपत क्षेत्र घोषणा गर्दै भदौं ३१ देखी असोज २ सम्मका लागी नगर क्षेत्र भरिका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको कञ्चनरुप नगरपालिकाले जनाएको छ ।
केही दिनदेखी रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ (स्वाईन फ्लु) र ’एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाईरस फेला परेको छ । उक्त रोगका कारण कञ्चनरुप नगरपालिकाका चार जनाको मृत्यु भएको छ ।
सो रोगबाट कञ्चनरुप नगरपालिका ४ की ६० बर्षिया भालसर देवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा र महदेवा गाउपालिका वार्ड नं.१ का ८ बर्षिय बालक महफुल आलम बुधवार साँझ उपचारका क्रममा विराटनगरमा मृत्यू भएको जनाइएको छ । यो सँगै रोगका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । यस्तै कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।
भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा १ हजार ९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ जनाको रगत ¥याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ।
परीक्षणमा कञ्चनरुप नगरपालिका ६० वर्षीय हरिलाल साहलाई स्वाईन फ्लुको संक्रमण भएको जानकारी उक्त प्रयोगशालाको रिर्पोटमा उल्लेख छ । कञ्चनरुपका अन्य ४ जना तथा हनुमाननगरका ६ जनामा हङकङ फ्लु फेला परेको छ । कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले बताए । ८ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।
एकपछि अर्को गर्दै लगातार बिरामीको संख्या थपिँदै गएपछि स्थानीय त्रसित भएका छन् । तर, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला निकायले भने चारै जनाको मृत्युको कारण स्वाईन फलु नै भएको एकिन साथ भन्न सक्ने अवस्था नरहेको जनाएका छन् ।
यसैबीच रोगबाट प्रभवित नगरपालिकाको अवस्था बुभ्mन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेलगायत सुरक्षा निकायको प्रमुखले निरिक्षण गरेको छ । सो निरिक्षणका क्रममा नगरवासिलाई नआतिन आग्रह गर्दै स्वास्थ्यको थप सुविधाकोलागी पहल गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ