News Category 2075/05/30
कर्मचारीतन्त्रका कारण समयमा काम गर्न नसकेको आरोप
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष बिष्णुभाई श्रेष्ठले मुलुकमा कर्मचारीतन्त्रका कारण निर्माण व्यवसायीहरुले चाहेर पनि समयमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
निर्माण व्यवसायी संघ सप्तरीको १२ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले कर्मचारीहरुकै कारण निर्माण व्यवसायीहरुले चाहेर पनि समयमा ठेक्कापट्टा सम्पन्न गर्न नसकेको आरोप लगाएका हुन् ।
यस्तै सरकारले निर्माण व्यवसायीहरुलाई विभिन्न एन ल्याएर कानुनी दायरामा बाध्न खोजेको भन्दै त्यस्ता एनलाई संशोधन गरेर स्वतन्त्र रुपमा काम गर्न सक्ने बातारण बनाउन उनले सरकारलाई आग्रह समेत गरे ।
निर्माण व्यवयासी संघ सप्तरीका अध्यक्ष रामअशिष साहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पूर्व अध्यक्ष भिमराज यादव, जयप्रकाश ठाकुर, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादव, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश यादव, नेकपाका प्रतापनारायण चौधरीलगायत निर्माण व्यवसायी, उद्योगिहरुले सभाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच शुक्रबार साँझदेखी बन्दसत्रको कार्यक्रम सुरु भएको छ भने आइतबार नयाँ जिल्ला समितिको नेतृत्व चयनका लागि निर्वाचन कार्य तालिका रहेको निर्वाचन समितिका सतिश दत्तले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ