News Category 2075/06/03
असोज ३ गते शोक मनाउने दिन ः वरिष्ठ राजनीतिज्ञ मण्डल
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले असोज ३ गते मधेशी सपुतको साहदतको स्मरण गर्दै खुशी होइन् शोक मनाउने दिन हो भनेका छन् ।
वरिष्ठ राजनीतिज्ञ मण्डलले मंगलबार एक विज्ञप्ति जारि गर्दै २०७२ साल असोज ३ गतेका लागि स्मरण गर्दै लेखेका छन्, “शासक वर्ग बन्दुकको बलमा संविधान जारि गरी बिजयीत्सोव मनाउने तयारी गर्दै थिए भने शोसित मधेशी सडकमा प्रहरीको लाठी, गोलीको शिकार भई ज्यान गुमाइरहेका थिए ।”
सोही विज्ञप्तिमा भनिएको छ, “संविधान सभाको मर्म विपरीत जनताले निर्वाचित गरेको आफ्नो दलको सांसदलाई पार्टी ह्वीपको नाउँमा नागरिक हक अपहरण गरी केही नेताको निर्देशनमा मधेशी लगायत उपेक्षित समुदाय विरोधी जारि गरेको संविधानको दिन असोज ३ गते सम्पूर्ण मधेशी, आदिवासी, जनजाती, दलित लगायत उपेक्षित समुदायलाई शोक दिवसको रुपमा मनाउन आह्वान गर्दछु ।”
विज्ञप्तिमा असोज ३ गते जारि भएको संविधान नेपालको इतिहासमा छौंठो संविधान रहेको र यस अघिको संविधान मध्ये केही लागु नै हुननसकेको त केहीको अकालमै मृत्यु भइसकेको उल्लेख छ । वर्तमान संविधान बारे पछिल्लो समय सांसदमा भएको मत भिन्नतामा ६२ प्रतिशत मत संविधानको विपक्षमा परेको उल्लेख गर्दै वर्तमान संविधानको भविष्य के हुने हो, देश कुन बाटो जाने हो त्यसको निक्र्यौल भविष्यले नै गर्नेछ विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ