News Category 2075/06/06
प्रदेश सरकारद्वारा रुघाखोकी तथा उच्च ज्वारोबाट मृत्यु भएका परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालवावु राउतले सप्तरीको कञ्चनरुप नगरपालिमा दुई सातादेखि फैलिएको मौसमी रुघाखोकी तथा उच्च ज्वारोवाट मृत्यु भएका ४ जनाको परिवारका अभिभावकलाई शुक्रबार राहत स्वरुप नगद प्रदान गरेका छन् ।
मृतक चार जना परिवारका अभिभावकलाई प्रति परिवार दुई दुई लाख रुपैयाँका दरले राहत प्रदान गरिएको हो । यस्तै मुख्य मन्त्री राउतले सप्तरीमा वढेको मौसमी रुघाखोकीको प्रकोप नियन्त्रणका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने समेत जानकारी दिए ।
आयोजित राहत प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संविधान संशोधनको मुद्दा आफुहरुले अहिले पनि पहिलो प्राथमिक्तामै राखेको भन्दै ती मुद्दा अहिले विसर्जन नगरेको तथा अधिकार नपाएसम्म संघर्ष जारी रहने वताएका छन् ।
मधेशको नाममा राजनीति गर्ने अन्य पार्टी भन्दा आफुहरुको पार्टी अझै पनि अग्र पंक्तिमै रहेको दावी गर्दै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका राउतले फोरम नेपाल पार्टी अहिले पनि मधेशी, पहाडका जनजाती तथा उपेक्षित समुदायको अधिकारका लागि संघर्षरत रहेको बताए ।
संघियता, धर्मनिरपेक्षता र समावेशीताको मुद्दामा फोरमले गरेको संघर्ष अहिले पनि जनताको मानसपटलवाट नहराएको दाबी गर्दै कोहि आफुलाई क्रान्तिकारी ठान्दछ भने फोरम भन्दा ठुलो क्रान्तिकारी हुन् नसक्ने ठोकुवा समेत गरे ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का १४ वर्षका दिवस बस्नेत, वडा नम्बर ३ का १४ वर्षीय किशोर राम, वडा नम्बर ९ का १४ वर्षीय अमोदकुमार राम र कञ्चनरुप नगरपालिका वडा नम्बर ४ की ५० वर्षीया भालसर देवी सरदारको भाइरल ज्वरोका कारण ज्यान गएको थियो ।
भदौ २४ देखि कञ्चनरुप र हनुमाननगरमा गरिएको स्वास्थ्य शिविर मार्फत २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सो प्रयोगशालाको रिपोर्ट अनुसार एक जनामा स्वाइन फ्लू र ४ जनामा हङकङ फ्लूको भाइरस फेला परेको जनस्वास्थ्य कार्यालयका प्रमुख निरञ्जन यादवले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ