News Category 2075/06/06
राजबिराजबाट दैनिक २७ टन फोहर उत्पादन
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
राजबिराज नगरपालिका तथा फोहोरमैला ब्यबस्थापना प्राविधिक सहयोग केन्द्र ललितपुरद्वारा आयोजित एकिकृत फोहोरमैला ब्यवस्थापन सम्बन्धी शुक्रबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र बहादुर कार्कीले नगरको फोहोर मैला दिगो ब्यबस्थापन सम्बन्धी अध्ययन तथा अनुसन्धान र जनचेतना, छाडा चौपाया नियन्त्रण, फोहोरलाई मोहर बनाउने लक्ष्य रहेको बताए ।
दैनिक राजबिराजमा २७ टन फोहर उत्पादन र २१ टन फोहर संकलन हुने गरेको तथा त्यस मध्ये १८ टन मात्र फोहर ढुवानी हुने गरेको उनले जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी प्लाष्टीक १४ प्रतिशत, रबर १२, नाईलन १२, मेटल, २ खाध १९ काठ १२ सिसा ४ र कागज २ प्रतिशत फोहरमा पाउने गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ ।
पर्याप्त श्रोत साधनको अभावका कारण फोहर ब्यबस्थापन हुन नसकेको स्विकार गर्दै उनले राजबिराज १० मा २ बिगहा जग्गामा डम्पिंग साईटको लागि घेराबेरा भई तयारी अबस्थामा रहेको जानकारी समेत दिए ।
सो कार्यक्रममा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले आम नगरवासीमा फोहोरलाई हेर्ने दृष्टीकोण र संस्कारमा परिवर्तन नभएसम्म नगरको सरसफाई उपलब्धीमूलक नहुने बताएकी छिन् ।
फोहोर बारे नगरवासीमा गलत मानसिकतामा परिवर्तन नभएको कारण नगरमा सरसफाईमा सफलता नपाएको दुखेसो पोख्दै उपप्रमुख झाले नगरलाई स्वच्छ बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताईन ।
उक्त कार्यक्रम फोहरमैला ब्यबस्थापन प्राबिधिक सहयोग केन्द्रका कानुन अधिकृत दिपेन्द्र ओलीले आमसमुदायमा फोहोरलाई हेर्ने दृष्टिकोण र संस्कारमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए ।
सो अवसरमा फोहर मैला ब्यबस्थापन प्राबिधिक केन्द्रका कार्यकारी निर्देशक बिश्वमणी ज्ञवालीले नगरको फोहर व्यबस्थापन र सरसफाईका लागि सकरात्मक सोच, सहमति र सहयोग बिना सम्भव नरहेको बताए ।
सो अवसरमा वातावरण उर्जा तथा जलवायु परिर्वतन बिज्ञ भुपेन्द्र दासले फोहर मैलावाट कम्पोजिट मल उत्पादन गरि रोजगारको अवसरसँगै फोहर ब्यबस्थापन समेत हुने भएकोले नगरपालिकाले कम्पोजिट मल बनाउन विभिन्न ठाँउमा मेसिनको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए ।
राजबिराज नगरपालिका प्रमुख शम्भु यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा १६ वटै वडाका अध्यक्षहरू, वडा सचिबहरू तथा सरसफाई क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ