News Category 2075/06/10
प्रदेश सरकारद्वारा एसिड पीडितलाई थप तीन लाख राहत घोषणा
दैनिक समाचारदाता
जनकपुर, ९ असोज ।
प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारि गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा समेत गरेका छन् । उनले मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट थप तीन लाख रकम दिने घोषणा गरेका हुन् ।
यसअघि एसिड आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारका लागि प्रदेश सरकारले एक लाख दिने निर्णय गरेको थियो । मुख्यमन्त्री राउतले सम्झना दासको जीवनरक्षा गर्न नसकिएको प्रति दुःख व्यक्त गर्दै उपचाररत सुस्मिता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए ।
उनले सो घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय र कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन समेत दिएका छन् ।
केही दिन अगाडि रौतहटको चन्द्रपुर नगरपालिका जादोलाल दासका छोरी १६ वर्षीया सम्झना दास र १३ वर्षीया सुस्मिता दास सुतीरहेको बेला २६ भदौ राती एसिड प्रहार भएको थियो ।
यता एसिड आक्रमण गर्ने रामबाबु पासवानलाई प्रहरीले प्रकाउ गरिसकेको छ । उनी जादोलालका छिमेकी थिए । यौन प्रस्ताव नमान्दा एसिड आक्रमण गरेको सम्झनाले बयानमा भनेकी थिइन् ।
कीर्तिपुर अस्पतालमा उपचाररत दासको सोमबारराति ११ बजे मृत्यु भएको हो । यस्तै सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ