News Category 2075/06/10
एम्नेस्टी नेपालको अध्यक्षमा विक्रम ढुकुछु निर्वाचित
दैनिक समाचारदाता
चितवन, ९ असोज ।
एम्नेस्टी इन्टरनेशनल नेपाल (एम्नेस्टी नेपाल) को २७ औं वार्षिक साधारण सभाले नयाँ नेशनल बोर्डको चयन गरेको छ । सो बोर्डको अध्यक्षमा बिक्रम ढुकुछु निर्वाचित भएका छन् । उनी यसअघि बोर्डको कोषाध्यक्ष थिए ।
चितवनको रत्ननगरमा सम्पन्न वार्षिक सधारणसभाले एम्नेस्टी नेपालको कोषाध्यक्षमा सुरेश कुमार उपध्याय निर्वाचित भएका छन् ।
यसैगरी महिला सदस्यहरुमा पार्बता आचार्य, सचिता कुइँकेल थापा र संगीता चापागाईं निर्वाचित भए भने खुल्ला सदस्यहरुमा गोविन्द वाग्ले, कर्ण बहादुर कुँवर, निखिल पोखरेल र महेश कुमार पौडेल निर्वाचित भएका छन् । यसअघि युथतर्फबाट समिक्षा कोइराला र बिपिन बुढाथोकी एम्नेस्टी नेपालको नयाँ बोर्डमा निर्वाचित भइसकेका छन् ।
यस्तै साधारण सभाबाटै सुदिप कुमार शर्मा भट्ट एम्नेस्टी नेपालको पुनरावेदन समितिको संयोजक पदमा निर्विरोध निर्वाचित भएका छन् भने नाइडु कुमारी नेपाली र जीवन प्रसाद फुयाल पुनरावेदन समितिको सदस्य पदमा निवाचित भए ।
यसैबीच बोर्डको महासचिवमा कर्ण बहादुर कुँबर र उपमहासचिवमा बिपिन बुढाथोकीलाई चयन गरिएको छ ।
असोज ६ मा आयोजित सभाको उद्घाटन समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बन तथा अग्रज मानव अधिकारका अभियन्ता चरण प्रसाईं, कपिल श्रेष्ठ, कनक मणि दीक्षित लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।
साधारण सभामा एम्नेस्टी नेपालका प्रतिनिधिहरूले दण्डहिनता, महिला विरुद्ध हुने हिंसा, आप्रवासी श्रमिकका अधिकार, खुम्चिदो नागरीक तथा राजनीतिक स्पेस (कजचष्लपष्लन अष्खष् िबलम उयष्तिष्अब िकउबअभक) र जलवायु परिवर्तनले मानिसको जीवनमा पार्ने असर लगायतका मानव अधिकारका विषयहरूमा विस्तृत विषयगत छलफलमा सहभागीता जनाएका थिए ।
एम्नेस्टी नेपालका प्रतिनिधिहरूले बङ्गलादेशका फोटो पत्रकार शहिदुल आलम र म्यान्मारका पत्रकारद्वय क्या सो ओ र वा लोनको रिहाइ तथा गत साल हत्या गरिएकी भारतकी पत्रकार गौरी लङ्केशका लागि न्यायको माग गर्दै एक कार्यक्रम पनि गरेका थिए ।
त्यसैगरी एम्नेस्टी नेपालमा आबद्ध रामपुर युथ नेटवर्कका सदस्यहरूले बकलोर चोकमा महिला हिंसा र महिला हिंसासम्बन्धी घटनाहरूमा व्याप्त दण्डहीनता अन्त्यका लागि माग गर्दै सडक नाटकको प्रश्तुति गरेका थिए । साधारण सभाले संस्थाको २०१९ को बजेट तथा कार्य योजनाको अनुमोदन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ