News Category 2075/06/11
मुलुकलाई नै असफल बनाउने षडयन्त्र भइरहेको छ ः नेता महतो
दैनिक समाचारदाता
बिरगंज, १० असोज ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् ।
राजपा पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरू लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए ।
उनले कर वृिद्धको आडमा लोकतन्त्र विरोधीहरू सङ्घीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेकाले स्थानीय तथा सङ्घीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिल समेत गरे ।
संविधान संशोधनमार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिवद्धता अझै पूरा नभएको भन्दै अधिकार प्राप्तिका लागि राजपाले कुनैपनि बेला आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत उनले दिए ।
मुलुकमा बढ्दै गएको हत्या र बलात्कारको घटनाले आम जनताले असुरक्षाको महसुश गरेको बताउँदै नेता महतोले कञ्चनपुरकी निर्मल पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिलेसम्म पक्राउ नपर्नु, प्रहरी हिरासतमै नागरिकको हत्या हुनुजस्ता घटनाले जनतालाई असुरक्षित बनाएको छ बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ