News Category 2075/06/11
मोटरसाइकल चोरी गरि नम्बर परिवर्तन गर्ने गिरोह पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० असोज ।
मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले मोटरसाइकलसहित चार जना चोरहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
राजविराज नगरपालिका ५ का वडाध्यक्ष समीर झा चढ्ने गरेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले मोटरसाइकल ग्यारेज संचालक खडक नगरपालिका ९ का कृष्णदेव चौधरीसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ का सनत मण्डल, अग्निसाइर कृष्णसवरण गाउँपालिका ३ का भुवन चौधरी र सुनसरीको इनरुवा नगरपालिका ६ का हिमानसुलाल कर्णलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरी महुलीस्थित फोर्ड ग्यारेजका सञ्चालक समेत हुन् ।
जिल्लाको अग्नीसाईर कृष्णसवरण गाउँपालिका १ स्थित महुली खोलाको पुल नजिकैबाट मोटरसाइकलसहित उनीहरुलाई फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत असोज ७ गते राजविराज नगरपालिका ५ स्थित झाको घर अगाडि राखेको स १ ब १०२४ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । चोरी भएको सेतो नम्बर प्लेट चोरी गर्नेहरुले परिवर्तन गरी स. ५ प ६३८८ नम्बरको प्लेट प्रयोग गरी चलाई रहेको अवस्थामा पक्राउ गरिएको डिएसपी भावेष रिमालले बताए ।
जिल्लामा यसअघि पनि भएका मोटरसाइकल चोरीका घटनामा उनिहरुको संलग्नता रहेको हुन सक्ने आशंकासहित थप अनुसन्धान थालिएको डिएसपी रिमालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ