News Category 2075/06/12
बिचौलियाबाट उन्मूक्ति दिलाउन उच्च अदालतमा परिचयपत्र लागु, जनशक्तिको अभावमा मुद्दाहरुको चाप बढ्दै ः वरिष्ठत्तम न्यायाधिश श्रेष्ठ
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
उच्च अदालत जनकपुर राजविराज इजलाशका वरिष्ठत्तम न्यायाधिश तिलप्रसाद श्रेष्ठले जनशक्तिको अभावमा मुद्दाहरुको चाप बढ्दै गएको बताएका छन् ।
इजलाशले बिहीबार “नियमित प्रयोगकर्ता परिचयपत्र” लागु गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै बरिष्ठत्तम न्ययाधिश श्रेष्ठले जनशक्तिको अभाव रहेको समयमा करिब ४ हजार मुद्दाहरु अहिले पनि फर्छयौट गर्न बाँकी रहेको जानकारी दिए ।
उनले जनशक्तिको अभावमा अघिल्लो आर्थिक वर्षमा ३१ प्रतिशत मुद्दा मात्र फर्छयौट भई ६९ प्रतिशत मुद्दा यस आर्थिक वर्षमा जिम्मेवारी सरि आएकाले सो न्युनिकरण गर्दै र्लैजाने लक्ष्यका साथ केही उपायहरु अवलम्बन गरिएको र त्यसै मध्येका एक परिचय पत्र अनिवार्य लागु गर्ने काम पनि रहेको बताए ।
इजलाशका सबै दशवटै न्यायाधिशको उपस्थितिमा लेखापढी व्यवसायीहरुलाई परिचयपत्र बितरण गर्दै वरिष्ठत्तम न्ययाधिश श्रेष्ठले न्यायिक प्रक्रियामा नागरिकको पहुँच बृद्धि, सरल र सहज सेवा, प्रभावकारी कार्यान्वयन र विचौलियाबाट सेवाग्राहीलाई उन्मूक्ति दिने उद्देश्यले लेखापढी व्यवसायीलाई सो परिचय पत्र वितरण गरिएको जनाए ।
न्याय क्षेत्रमा काम गर्नेहरुलाई अदालत र न्ययायिक प्रक्रियाबारे जानकारी दिएर छिठो, छरितो र प्रभावकारी ढंगले सेवा दिन कानुनमा व्यवस्था गरिए अनुसार परिचय वितरण गरिएको उनले बताउँदै सेवाग्राहीलाई अनावश्यक आर्थिक भार र झन्झटबाट मुक्ति गर्ने विश्वास रहेको जिकिर गरे ।
अदालतका रजिष्टार रोशनकुमार भट्राइले कार्यक्रममा सहभागिहरुलाई पेशी सूची, मुद्दाको प्रक्रियागत विवरण, निवेदनको ढाँचा लगायतका बारेमा आवश्यक जानकारी गराउँदै कम्तिमा दुई वटा मुद्दाको वारिसनामामा नाम उल्लेख भएका लेखापढी व्यवसायीहरुलाई छनौट गरि ४१ जनालाई नियमित परिचयपत्र वितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा अदालतले प्रवाहमा गर्ने सेवा, सेवा प्रवाहका प्रक्रिया एवं अदालतप्रति समुदायको विश्वास अझ सुदृढ बनाउन गर्नु पर्ने कामहरु बारे सहभागिहरुले आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ