News Category 2075/06/13
मालापोत कार्यालयबाट लेखापढी गर्दै आएकाहरुलाई हटाउन खोज्दा विवाद उत्पन्न
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
मालपोत कार्यालय सप्तरीको हाताभित्रबाट लेखापढी ब्यवसायीहरुलाई स्थान खाली गर्ने भनिएपछि विवाद उत्पन्न भएको छ ।
नेपाल सरकारले मालपोत कार्यालयको हाता भित्रबाट लेखापढी व्यवसायीहरुलाई बाहिर निकाल्ने गरेको निर्णयले विवाद उत्पन्न भएको हो ।
मालपोत कार्यालय हाताभित्र बर्षौंदेखि लेखापढी गर्दै आएका व्यवसायीहरुलाई मालपोत कार्यालय सप्तरीले ठाउँ खालि गर्न भनेपछि विवाद उत्पन्न भएको हो ।
नेपाल सरकारको मन्त्रिपरिषदले गत साउन २९ गते देशभरिका मालपोत कार्यालय र नापी कार्यालयमा सरोकारबाला बाहेको प्रवेश निषेध गर्न तथा सेवालाई चुस्त दुरुस्त बनाउन १५ दिन भित्र सबै लेखापढी व्यवसायी मालपोत कार्यालयको हाता खाली गराउन गृहमन्त्रालय र मालपोत विभागलाई निर्देशन दिएको थियो ।
सप्तरीमा लेखापढी व्यवसायीहरुलाई विभागको निर्देशन अनुसार मौखिक तथा लिखित जानकारी दिएपनि उनीहरु खाली गर्न नमानेको जिल्ला मालपोत कार्यालय सप्तरीका प्रमुख दधिराम गुरागाईले बताए ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मालपोत कार्यालय कार्यालयबाट विचौलियालाई हटाउन प्रक्रिया शुरु गरिएको जानकारी दिएका छन् । उनले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न र बिचौलियबाट मुक्त गर्न मालपोत र नापी कार्यालयलाई व्यवस्थित गर्न लागिएको बताए ।
यता मालपोत कार्यालयको हाताभित्रबाट लेखापढी व्यवसायीहरुलाई बाहिर गर्न विगत दुईदिन देखि प्रहरी खटाईएपछि मालपोत कार्यालयमा अहिले कामकाज प्रभावित भएको छ ।
यसअघि बिहीबार उच्च अदालत जनकपुर राजविराज इजलाशले न्यायिक प्रक्रियामा नागरिकको पहुँच बृद्धि, सरल र सहज सेवा, प्रभावकारी कार्यान्वयन र विचौलियाबाट सेवाग्राहीलाई उन्मूक्ति दिने उद्देश्यले लेखापढी व्यवसायीलाई नियमित नागरिक परिचय पत्र वितरण गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ