News Category 2075/06/14
बिचौलियाहरुलाई कार्यालय प्रवेश निषेध गरिदै
राजविराज÷सप्तरीको विभिन्न सरकारी कार्यालयहरुमा विचौलियाहरुको बढी हस्तक्षेप भइरहेको जनगुणासो बढेको कारण सेवाग्राहीहरुलाई सरल र सहज रुपले सेवा लिन अफ्ठ्यारो भइरहेकोले अहिले कार्यालयहरुमा विचौलियाहरुलाई प्रवेश निषेध गरिदै छ ।
विभिन्न बहानामा विचौलियाहरुले कार्यालयहरुमा आर्थिक लेनदेनका कारण सरल रुपले हुने काम समेत जटिल बनाउनेतर्फ उन्मूख भएको देखिन्छ । जसले गर्दा सेवाग्राहीहरु आफ्नो काम गराउन ती बिचौलियाहरुलाई रकम दिन बाध्य हुने गरेका छन् ।
यसैबीच सेवाग्राहीलाई सरल र सहज रुपले सेवा प्रदान गर्न उच्च अदालत जनकपुर राजविराज इजलाशले अदालत परिसरमा बिचौलियाहरुलाई निरुत्साहित पार्न नियमित प्रयोगकर्ता परिचयपत्र लागु गरेको छ । परिचय पत्र लागु गरिएपछि अब अदालत परिसरमा परिचयपत्र बोकेका लेखापढी व्यवसायीहरुले मात्र प्रवेश पाउने छन् ।
एक कार्यक्रमको आयोजना गरि उच्च अदालत जनकपुर राजविराज इजलाशका वरिष्ठत्तम न्यायाधिश तिलप्रसाद श्रेष्ठले न्यायिक प्रक्रियामा नागरिकको पहुँच बृद्धि, सरल र सहज सेवा, प्रभावकारी कार्यान्वयन र विचौलियाबाट सेवाग्राहीलाई उन्मूक्ति दिने उद्देश्यले लेखापढी व्यवसायीलाई सो परिचय पत्र वितरण गरिएको जानकारी दिए ।
उनले न्याय क्षेत्रमा काम गर्नेहरुलाई अदालत र न्ययायिक प्रक्रियाबारे जानकारी दिएर छिठो, छरितो र प्रभावकारी ढंगले सेवा दिन कानुनमा व्यवस्था गरिए अनुसार परिचय वितरण गरिएको बताउँदै सेवाग्राहीलाई अनावश्यक आर्थिक भार र झन्झटबाट मुक्ति गर्ने विश्वास रहेको जिकिर गरे ।
अदालतका रजिष्टार रोशनकुमार भट्राइले कार्यक्रममा सहभागिहरुलाई पेशी सूची, मुद्दाको प्रक्रियागत विवरण, निवेदनको ढाँचा लगायतका बारेमा आवश्यक जानकारी गराउँदै कम्तिमा दुई वटा मुद्दाको वारिसनामामा नाम उल्लेख भएका लेखापढी व्यवसायीहरुलाई छनौट गरि ४१ जनालाई नियमित परिचयपत्र वितरण गरिएको जानकारी दिए ।
यसैबीच जिल्ला मालापोत कार्यालयले पनि सरोकारबाला बाहेको प्रवेश निषेध गर्न तथा सेवालाई चुस्त दुरुस्त बनाउन कार्यालय हाताभित्रबाट लेखापढी व्यवयासीहरुलाई हटाउने कार्य सुर गरेको छ ।
तर, सो कार्य सुरु गर्ने बित्तिकै अहिले मालपोत कार्यालय सप्तरीको हाताभित्रबाट लेखापढी ब्यवसायीहरुलाई स्थान खाली गर्ने भनिएपछि विवाद उत्पन्न भएको छ । केही दिनदेखी मालापोत कार्यालयमा सो विवादका कारण दैनिकी कामकाज समेत प्रभावित बन्न पुगेको छ ।
नेपाल सरकारले मालपोत कार्यालयको हाता भित्रबाट लेखापढी व्यवसायीहरुलाई बाहिर निकाल्ने गरेको निर्णयका कारण अहिले उनीहरुलाई त्यहाबाट बाहिर निकाल्न लागिएको जिल्ला मालपोत कार्यालय सप्तरीका प्रमुख दधिराम गुरागाईले जानकारी दिएका छन् ।
प्रमुख गुरागाईले लेखापढी व्यवसायीहरुलाई विभागको निर्देशन अनुसार मौखिक तथा लिखित जानकारी दिएपनि उनीहरु खाली गर्न नमानेकोले विवाद उत्पन्न भएको उल्लेख गरे ।
नेपाल सरकारको मन्त्रिपरिषदले गत साउन २९ गते देशभरिका मालपोत कार्यालय र नापी कार्यालयमा सरोकारबाला बाहेको प्रवेश निषेध गर्न तथा सेवालाई चुस्त दुरुस्त बनाउन १५ दिन भित्र सबै लेखापढी व्यवसायी मालपोत कार्यालयको हाता खाली गराउन गृहमन्त्रालय र मालपोत विभागलाई निर्देशन दिएको थियो ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मालपोत कार्यालय कार्यालयबाट विचौलियालाई हटाउन प्रक्रिया शुरु गरिएको जानकारी दिएका छन् । उनले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न र बिचौलियबाट मुक्त गर्न मालपोत र नापी कार्यालयलाई व्यवस्थित गर्न लागिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ