News Category 2075/06/15
विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा पति, सासु र ससुराबाट महिला कुटिइन्
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
राजविराज नगरपालिका १५ मुसहरनियाकी एक महिलालाई पति, सासु र ससुराले निर्घात कुटपिट गरेका छन् । कुटाईबाट गम्भिर घाइते भएकी १९ वर्षिया प्रेमकला ठाकुरको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
विवाह दर्ता र नागरिकता बनाईदिन बारम्बार आग्रह गर्दा उनी शनिबार राती दचस्पति, सासु र ससुराबाट कुटिएकी पीडित ठाकुरले बताएकी छिन् ।
शनिवार राती ससुरा भुनेश्वर, सासु रधियादेबी र पति मनोजको कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।
सप्तरीको रुपनी गाउपालिका १ रायपुर माईती भएकी प्रेमकलाको २०७४ साल बैशाखमा मनोजसित बिबाह भएको थियो । चारलाख दाइजोसहित उनको बिबाहमा १२ लाख रुपैयाँ खर्च भएको प्रेमकलाका पिता मोहन ठाकुरले बताए ।
बिहेपछि घर गएकी छोरी प्रेमकलाले केही दिनपछि देखि नै यातना सहनु परेको र बिबहा दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाईदिन आग्रह गर्दा समेत प्रेमकलाका सासु, ससुरा र पतिले नमानेको उनको आरोप छ ।
यसअघि विगतमा कयौं पटक कुटपीट गर्दा आफु गएर स्थानीय स्तरमै जनप्रतिनिधिसमेत राखेर सहमतिपछि छोरीको घर नबिग्रोस भनेर मुद्दा तर्फ नगएको मोहनले बताए । तर, पछिल्लो पटक शनिवार फेरी कुटपीट पछि छोरीलाई घर भित्रै थुनेर राखेको जानकारी पाएपछि आफु गएर उद्दार गरि उपचारका लागि अस्पताल ल्याएको मोहनको भनाई छ ।
कुटपीट गर्ने पति मनोज, ससुरा भुबनेश्वर र सासु रधियादेबी लगायतबिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको प्रेमकलाका पिता मोहनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको महिला तथा वालवालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक मिनबहादुर क्षेत्रीले नागरिकता बनाईदिन र बिबाह दर्ता गरिदिन आग्रह गर्दा आफनै पति, सासु र ससुराबाट प्रेमकला ठाकुर कुटिएको उजुरी आएपछि संलग्नको खोजीका लागि प्रहरी परिचालित भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ