News Category 2075/06/16
ज्येष्ठ नागरिकहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
२८ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस तथा २५ औं विश्व अल्जाईमर्स दिवको अवसरमा सोमवार राजविराज नगरपालिका ८५ वर्षमाथिका ३२ जना ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् ।
राजविराज कार्यालयको आयोजना तथा ज्येष्ठ नगारिक जिल्ला संघ र पुर्व कर्मचारी सेवा परिषद सप्तरीको समन्वयमा आयोजित अन्तक्र्रिया तथा सम्मान कार्यक्रममा ३२ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला, फुल माला र टिका लगाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा राजविराज नगरपालिका १३ की १ सय ११ वर्षिया सितादेवी यादव, वडा ४ का ९७ वर्षिय गुणानन्द चौधरी, १४ का ९६ वर्षिय छोटकैन मण्डल, ४ की ९६ वर्षिया सुजानवती मण्डल र १५ की ९५ वर्षिया कोशील्यादेवी लगायत ३२ जना छन् ।
उनीहरुलाई दिर्घायुको कामना सहित नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, प्रमुख जिलला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक राजेन्द्र विष्ट, पुर्व कर्मचारी सेवा परिषदका अध्यक्ष प्रयाग यादव र जेष्ठ नागरिक संघका जिल्ला सचिव वैद्यनाथ झा लगायतले दोसल्ला र फुलमाला लगाएर सम्मान गरे ।
आयोजित कार्यक्रमका वक्ताहरुले ज्येष्ठ नागरिक अधिकार, अभियन्ताहरुको अभिनन्दन गरौ नाराका साथ आयोजना गरिएको कार्यक्रममा ज्येष्ठ नागरिक प्रति घर, समाज तथा राष्ट्रवाट सम्मानजनक ब्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।
नगरपालिकाको १६ वटै वडाबाट दुई दुई जनाका दरले ज्येष्ठ नागरिक छनौट गरी सम्मान गरिएको ज्येष्ठ नगारिक संघ सप्तरीका अध्यक्ष शिवहरी भट्टराईले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ