News Category 2075/06/17
शिक्षा नीति अव्यवाहरिक रहेको भन्दै रोजगारीमूलक शिक्षा आवश्यक ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
प्रदेश नम्वर २ का भुमी ब्यावस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अहिलेको शिक्षा नीति अव्यवाहरिक रहेको भन्दै रोजगारीमूलक शिक्षा आवश्यक रहेको बताएका छन् ।
समाजवादी विद्यार्थी फोरम नेपाल सप्तरीको प्रथम अधिवेशनको मंगलवार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले देश र प्रदेशको विकासका लागि रोजगारीमूलक शिक्षा आवश्यक रहेको वताएका हुन् ।
उनले शैक्षिक योग्यता भएका यूवा विद्यार्थीहरु ठूलो संख्यामा वेरोजगार वस्नु परेको वताउदै प्रदेश सरकार रोजगारमा आधारित शिक्षा नीति ल्याउने अन्तिम चरणमा रहेको बताए ।
मूलुकमा रहेको विभेद, उत्पीडन र सबैखाले भेदभाव अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । उनले संविधान संशोधनका लागि संघर्षमा उर्तिनु पर्नेमा जोड दिदै मधेशी आदिवासी जनजाति, दलित, मुश्लिम लगायतका उत्पीडित समुदाय माथि सदियौदेखी भएको राजनीति विभेद विरुद्ध एकजुट हुन आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सहईन्चार्ज विनोद चौधरीले विधार्थी भविश्यका नेता भएकोले शिक्षा क्षेत्रमा रहेको विकृती र वेतिथी विरुद्ध संगठनको भुमीका आबश्यक रहेको वताए ।
समाजवादी विधार्थी फोरम नेपाल सप्तरीका अध्यक्ष तारकेश्वर यादवको अध्यक्षतामा आयोजित उद्घाटन सभामा फोरम सप्तरी अध्यक्ष दिनेश कुमार यादव, संघीय पे्रस फोरम नेपाल प्रदेश नम्वर २ का संयोजक श्यामसुन्दर यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम समाजवादी विधार्थी फोरम प्रदेश नम्वर २ का ईन्चार्ज कृष्णा कुमार साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यहरु शैलेश चौधरी, अशोक कुमार यादव, भिमराज यादव, चित्त नारायण यादव, सत्य नारायण यादव, नेता लक्षमण यादवले शुभकामाना मन्तव्य व्यक्त गरे ।
अधिवेशनको वन्दसत्रवाट प्रतिवेदनमाथी छलफल गरी पास गर्ने र आगामी कार्यकालका लागि जिल्ला कार्य समिति चयन गर्ने जनाएको छ । उद्घाट्न सभा सम्पन्न लगतै मंगलबार साँझदेखी बन्द सत्रको कार्यक्रम शुरु भएको समाजवादी विद्यार्थी फोरम नेपाल निर्वाचन समिती सदस्य वृजमान तामाङले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ