News Category 2075/06/17
शिक्षा नीति अव्यवाहरिक रहेको भन्दै रोजगारीमूलक शिक्षा आवश्यक ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
प्रदेश नम्वर २ का भुमी ब्यावस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अहिलेको शिक्षा नीति अव्यवाहरिक रहेको भन्दै रोजगारीमूलक शिक्षा आवश्यक रहेको बताएका छन् ।
समाजवादी विद्यार्थी फोरम नेपाल सप्तरीको प्रथम अधिवेशनको मंगलवार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले देश र प्रदेशको विकासका लागि रोजगारीमूलक शिक्षा आवश्यक रहेको वताएका हुन् ।
उनले शैक्षिक योग्यता भएका यूवा विद्यार्थीहरु ठूलो संख्यामा वेरोजगार वस्नु परेको वताउदै प्रदेश सरकार रोजगारमा आधारित शिक्षा नीति ल्याउने अन्तिम चरणमा रहेको बताए ।
मूलुकमा रहेको विभेद, उत्पीडन र सबैखाले भेदभाव अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । उनले संविधान संशोधनका लागि संघर्षमा उर्तिनु पर्नेमा जोड दिदै मधेशी आदिवासी जनजाति, दलित, मुश्लिम लगायतका उत्पीडित समुदाय माथि सदियौदेखी भएको राजनीति विभेद विरुद्ध एकजुट हुन आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सहईन्चार्ज विनोद चौधरीले विधार्थी भविश्यका नेता भएकोले शिक्षा क्षेत्रमा रहेको विकृती र वेतिथी विरुद्ध संगठनको भुमीका आबश्यक रहेको वताए ।
समाजवादी विधार्थी फोरम नेपाल सप्तरीका अध्यक्ष तारकेश्वर यादवको अध्यक्षतामा आयोजित उद्घाटन सभामा फोरम सप्तरी अध्यक्ष दिनेश कुमार यादव, संघीय पे्रस फोरम नेपाल प्रदेश नम्वर २ का संयोजक श्यामसुन्दर यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम समाजवादी विधार्थी फोरम प्रदेश नम्वर २ का ईन्चार्ज कृष्णा कुमार साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यहरु शैलेश चौधरी, अशोक कुमार यादव, भिमराज यादव, चित्त नारायण यादव, सत्य नारायण यादव, नेता लक्षमण यादवले शुभकामाना मन्तव्य व्यक्त गरे ।
अधिवेशनको वन्दसत्रवाट प्रतिवेदनमाथी छलफल गरी पास गर्ने र आगामी कार्यकालका लागि जिल्ला कार्य समिति चयन गर्ने जनाएको छ । उद्घाट्न सभा सम्पन्न लगतै मंगलबार साँझदेखी बन्द सत्रको कार्यक्रम शुरु भएको समाजवादी विद्यार्थी फोरम नेपाल निर्वाचन समिती सदस्य वृजमान तामाङले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ