News Category 2075/06/18
चाडपर्व लगत्तै आन्दोलन गर्ने महतोको चेतावनी
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले चाडपर्व लगत्तै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राजपा सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले दुई तिहाई बहुमत रहेको सरकारलाई पटक पटक आफूहरुको माँग बारे ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै सो चेतावनी दिएका हुन् ।
उनले आउँदो सोमबार प्रधानमन्त्रीलाई अन्तिम पटक संविधान संशोधन, प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई सपथ ग्रहण, वढ्दो महंगी, हत्या हिन्सा, बलात्कार, कालोवजारी र झुठा मुद्दा फिर्ता लगायतका विषय समेटेर देशैभर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउने तयारी गरिएको जानकारी दिए ।
उनले भने, ‘दुई तिहाईको वर्तमान सरकारवाट जनताले धेरै आशा र आकांक्षा राखेका थिए तर सबै आशा र आकांक्षा अहिले निराशामा परिवर्तन भएको छ ।’
संविधान संशोधन गर्ने सहमतिमा वर्तमान सरकारसँग मित्रता गाँस्दै राजपाले समर्थन दिएको चर्चा गर्दै उनले मित्रता कायम राख्ने वा तोडने दुवै विषय वर्तमान सरकारको नेतृत्वकर्ताको हातमा रहेको वताए । उनले आन्दोलन सुरु भए लगत्तै सरकारलाई दिएको समर्थन पनि स्वतः फिर्ता हुने स्पष्ट पारे ।
उनले वर्तमान अवस्थामा सरकार पूर्ण रुपले असफल भएको भन्दै देशको वर्तमान अवस्था ठीक नभएको जिकिर गरे । नेता महतोले निर्मला पन्थको हत्यारा पत्ता लगाउन सरकार पूर्ण रुपले असफल भएको भन्दै यस्तो अवस्थामा आमजनतालाई सुरक्षाको प्रत्याभूती कसरी सरकारले दिन्छ भन्ने प्रश्न समेत गरे । उनले सरकारले नै निर्मला हत्याको सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप समेत लगाए ।
यस्तै मन्त्रीलाई कालो झण्डा देखाउँदा प्रहरीले पक्राउ गरेको राम मनोहर यादवलाई हिरासतमै यातना दिएर हत्या गरेको आरोप समेत लगाए ।
देशमा विगत ६ वटा संविधान आएर ईतिहाँसमा विलिन भएको स्मरण गराउँदै उनले भने– वर्तमान सरकारको रवैया यस्तै रहे सातौ संविधानको पनि त्यस्तै हविगत हुनेछ ।
उनले दुई तिहाईको सरकारले संविधान संशोधन गर्ला ठानेर समर्थन गरेको जनाउँदै अहिले हिन्दी उखान ‘खोदा पहाड निक्ला चुहा’ जस्तै हाल भएको र सरकारले नै आन्दोलनमा जान वाध्य पारिरहेको वताए ।
उनले राजपाको राष्ट्रिय महाधिवेशन आगामी वैशाख ७, ८ र ९ गते हुने जानकारी पनि दिए । प्रदेश २ मा फोरम–राजपा गठवन्धन सरकारको निरन्तरता बारे पत्रकारको जिज्ञासाको जवाफमा उनले भने ‘अहिलेसम्मको गतिविधि सन्तोषजनक छैन । यद्यपी मधेशी जनताको चाहना यहि गठवन्धनको सरकार कायम रहोस भन्ने रहेकाले हालसम्म देखिएका कमी कमजोरी सच्याई प्रभावकारी ढंगले गठवन्धन सरकार अघि वढाउन प्रयास थालिएको छ ।’
यसैबीच प्रतिनिधिसभा सदस्यमा राजपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुर पुनः राजपामा प्रवेश गरेका छन् ।
राजपाका तत्कालीन सहमहासचिव जयप्रकाश ठाकुर एघार महिनापछि पुनः पुरानै घर फर्केका हुन् । आयोजित पत्रकार सम्मेलनमा उनको उपस्थिति रहेपछि उनी राजपा पुनः प्रवेश गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ