News Category 2075/06/18
कृषि र पशुपालन तर्फ युवाहरूलाई आत्मनिर्भर बनाउने प्रदेश सरकारको प्राथमिकता ः मन्त्री साह
दैनिक समाचारदाता
राजबिराज १७, असोज ।
प्रदेश नं. २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बुधवार भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिरहा, कार्यक्षेत्र सिरहा र सप्तरी सम्पर्क सेवा केन्द्र राजबिराजको उद्घाटन गरेका छन् ।
अबदेखि संघिय सरकारको निर्णय बमोजिम जिल्ला पशु सेवा कार्यालय परिर्वतन भई पशु सेवा केन्द्र रहने छ ।
कार्यालय उद्घाटन गर्दै मन्त्री साहले कृषि र पशुपालन तर्फ युवाहरूलाई आत्मनिर्भर बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको बताए । उनले प्रदेश सरकारले कृषिलाई प्राथमिकता राख्दै आउने दिनमा एकीकृत कृषि फारम परियोजना ल्याउने तयारीमा रहेकोले किसानहरूलाई सेवा लिन सहज हुने बताए ।
बिदेश पलायन हुने युवाहरूलाई स्वदेश मै रोजगारका लागि पशुपालन तथा कृषि तर्फ आकर्षित गराई आत्मनिर्भर बनाउने योजना प्रदेश सरकारको रहेको जानकारी दिँदै सप्तरी जिल्ला कृषि तथा पशुपालनको क्षेत्र प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले किसान र युवालाई बाख्रा पालन, पशुपालन तथा सहकारी र निजी क्षेत्रमा लगानी लगाई गरिबीलाई न्यून गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने बताए ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादबको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, संघिय समाजवादी पार्टी जिल्ला अध्यक्ष दिनेश यादब, सेवा केन्द्रका प्रमुख ध्रुव प्रसाद यादब, युवा नेता नबनित झा, लक्ष्मण यादब लगायत किसानहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ