News Category 2075/06/22
प्रान्तिय व्यवस्थालाई तत्काल फिर्ता गरी केन्द्र र स्थानिय सरकारको मात्र व्यवस्था गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपाल न्यायाधिश, प्रशासक, ठूला व्यापरी, ठूला पत्रकार सबैको श्रोत नखुलेको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्नु पर्ने र सो रकमबाट जलबिद्युत, रोजगारी सृजनाका उत्पादनशिल कार्य तत्काल सुरु गर्न पर्ने लगायत १२ बुँदे मागहरु राख्दै आइतबार सबै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
अभियानका संयोजक स्वागत नेपालद्वारा हस्ताक्षरित ज्ञापनमा संघीयताको स्वरुपमा रहेको बीचको तह प्रान्तिय व्यवस्थालाई तत्काल फिर्ता गरी केन्द्र र स्थानिय सरकारको मात्र व्यवस्था गर्न माँग गरिएको छ ।
त्यस्तै सांसदहरु मन्त्री तथा प्रधानमन्त्री बन्न नपाउने व्यवस्था तत्काल संविधान संशोधन गरेर थप्नु पर्ने, सांसदको बहुमत होईन मतदाता जनताको ५१ प्रतिशत भोट पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था, पार्टीले अयोग्य व्यक्तिलाई चुनावमा उम्मेदवारको टिकट दिँदा जनताले उम्मेदवार बहिष्कार गर्न पाउने राइट टु रिजेक्टको अधिकारको कानुन बनाउनु पर्ने लगायतको माँग उल्लेख छ ।
त्यस्तै संघीयताको नाममा जनताको ढाड सेक्ने कर प्रणाली तुरुन्त अन्त्य गर्नु पर्ने, समावेशीको नाममा पहुँचवालाहरु मात्र पदमा पुग्ने, सांसद, मन्त्री हुने बेथितिको अन्त्य हुनुपर्ने लगायतको माँग ज्ञापनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ